अस्ट्रेलियामा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी बेरोजगार, खाना र घर भाडा खर्च जुटाउन धौधौ

कोरोनाभाइरस महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसाका साथ् अस्ट्रेलियामा रहेकाहरु मध्ये धेरैले आफु घरबार बिहिन भएको वा खाना खाने पैसा पनि नभएको बताएका छन्।

International students line up for food vouchers outside the Melbourne Town Hall.

International students lining up in the rain for food vouchers outside Melbourne Town Hall in June 2020. Source: Getty

अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका पांच हजार भन्दा बढी अस्थायी भिसा धारकहरुले कोरोनाभाइरसको महामारीका कारण आफुहरु अत्यन्त जटिल आर्थिक अवस्थामा पुगेको एक सर्वेक्षण मार्फत बताएका छन्।

न्यु साउथ वेल्समा रहेका श्रम संगठनहरुको प्रतिनिधित्व गर्ने, युनियन्स एनएसडब्ल्यु द्वारा आयोजना गरिएको उक्त सर्वेक्षणले गत मार्च देखि मे महिना सम्म अस्थायी भिसामा रहेकाहरुको अवस्थाबारे प्रश्नहरु सोधेको थियो। 

सर्वेक्षणमा सहभागी भएका मध्ये ६७ प्रतिशत विद्यार्थी भिसाका साथ् अस्ट्रेलियामा रहेको बताइएको छ।
युनियन्स एनएसडब्ल्युका अनुसार सर्वेक्षण गरिएका पांच हजार भन्दा बढी मध्ये ६५ प्रतिशतले आफ्नो जागिर गुमाएको (६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी) र ३९ प्रतिशतसंग आफ्नो आधारभूत दैनिक खर्च बेहोर्न पनि पैसा रहेको थिएन।

साथै, आफ्नो घर भाडा तिर्न नसकेको कारण ४३ प्रतिशतले आफु घरबार बिहिन भएको वा घर बाट निकालिने अवस्थामा पुगेको बताएका छन्। ती मध्ये २३ प्रतिशतले चाहिं आफु सुत्ने कोठाको पनि भाडा घटाउन आफ्नो साथिलाई पनि राखेको सर्वेक्षणमा बताए। अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा उक्त संख्या २६ प्रतिशतमा रहेको छ।

राष्ट्रियस्तरमै आयोजना भएको उक्त सर्वेक्षणका ४३ प्रतिशत सहभागीहरुले (४६ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी) पैसा नभएको कारण नियमित रूपमा आफूहरले खाना नखान पनि बाध्य भएको बताएका छन्।
युनियन्स एनएसडब्ल्युका सचिव मार्क मोरे भन्छन, "अस्थायी भिसामा रहेकाहरुलाई सहयोग प्रदान नगरिनुले उनीहरुलाई गरिबी तर्फ मात्र नभई शोषण तर्फ पनि धकेलिएको छ।"

"तपाईंलाई यहाँ आउन प्रोत्साहित गरिएको छ, तपाईंले आफ्नो कर तिर्नु भएको छ, तपाईं अहिले आफ्नो घर फर्कन सक्नुहुन्न त्यसैले हामी तपाईंलाई अहिले अलपत्र अवस्थामा छाडी दिनेछौं? अस्ट्रेलिया जस्तो राष्ट्रले त्यस्तो गर्दैन, यो हाम्रो मूल्य मान्यतामा पर्दैन।"
Food Vouchers Distributed To International Students
International students line up for food vouchers outside Melbourne Town Hall in June. Source: Getty Images

एक अर्को सर्वेक्षणको पनि त्यस्तै नतिजा

सिड्नीका दुई विश्वविद्यालय, युनिभर्सिटी अफ टेक्नोलोजी र युनिभर्सिटी अफ न्यु साउथ वेल्स द्वारा गरिएको एक छुट्टै सर्वेक्षणले पनि आगामी महिनाहरुमा अस्थायी भिसा धाराकहरुले सामना गर्नुपर्ने आर्थिक समस्या झनै बढ्न सक्ने सम्भावना रहेको देखाएको छ।

युटीएस मा सह-प्राध्यापिका रहेकी लौरी बर्गका अनुसार गत जुलाई महिनामा सर्वेक्षणमा सहभागी भएका छ हजार जना मध्ये ५० प्रतिशत भन्दा बढीले आगामी छ महिनामा आफ्नो आर्थिक संकट "केहि वा धेरैनै" बढ्ने भनि बताएका थिए।

"उक्त विचार भिक्टोरियामा दोस्रो चरणको लकडाउन लागु हुनुभन्दा अगाडी आएको हो।"

"यहाँ रहेका अस्थायी भिसा धाराकहरु प्रतिको कठोर व्यवहारबारे अस्ट्रेलियाले विश्व समुदायमा झुठो बोलिरहेको छ। युके, क्यानाडा, न्यु जिल्याण्ड र आयरल्याण्ड लगायतका समान स्तरका देशहरुले अस्थायी भिसामा रहेका मानिसहरुलाई पनि तलब अनुदान प्रदान गरेका छन्।"

उनि भन्छिन कि सरकारी सहायता खालि शरणार्थी सम्बन्धि कारणका लागि मात्र नभई आर्थिक कारणले पनि प्रदान गरिनु जरुरी रहेको छ। र केहि रिपोर्टहरुले विदेशमा अस्ट्रेलियाको छबि पनि यसले बिगारिरहेको बर्गको भनाइ छ।
"अन्तर्राष्ट्रिय विद्यार्थी र यहाँ घुम्दा काम पनि गर्न पाउने भिसामा रहेका पर्यटकहरु मध्ये ५९ प्रतिशतले कोभिडको समयमा आफुले सामना गर्नुपरेको अनुभवका कारण पढ्न वा 'वर्किङ्ग होलिडे' को लागि अस्ट्रेलिया आउन आरुलाई सल्लाह दिने आफ्नो सोच घटेको हामीलाई बताएका छन्।"

"आगामी महिनाहरुमा पनि हजारौं अस्थायी भिसा धाराकहरुका लागि अस्ट्रेलियानै घर रहने भएको र युनियन्स एनएसडब्ल्युको रिपोर्टले लकडाउन सुरुभए देखिनै बेसहारा भएकाले, उनीहरुको अवस्था झनै बिग्रन सक्नेछ।"

"यस कारण पनि अस्थायी भिसामा रहेकाहरु, जसले आफ्नो जागिर गुमाउनु अगाडी सम्म पनि कर तिर्नुका साथै अस्ट्रेलियाली समुदायमा व्यापक योगदान पुर्याईरहेका थिए, उनीहरुका लागि सहायता प्रदान गर्न सरकारको दायित्व रहेको छ। "
Minister for Cities Alan Tudge at a press conference at Parliament House in Canberra, Thursday, July 9, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Acting Minister for Immigration Alan Tudge at a press conference at Parliament House in Canberra, Thursday, July 9, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP
अस्थायी भिसामा अस्ट्रेलियामा रहेका सबैलाई सरकारको जबकिपर र जबसिकर भुक्तानी प्रदान गर्न, छ महिनाको लागि थप बीस अर्ब डलर खर्च हुने छ।

एसबीएस न्युजलाई एक विज्ञप्ति मार्फत जवाफ दिंदै कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अस्थायी भिसामा अस्ट्रेलिया आउनेहरुले यहाँ रहंदा आफ्नो जीवनयापनको खर्च बेहोर्न सक्ने अपेक्षा रहेको बताए।

"यस मान्यता अन्तर्गत हामीले अस्थायी भिसा धारकहरुलाई आफ्नो सुपरएनुएशन झिक्न अनुमति दिनुका साथै भिसा व्यवस्थामा पनि लचकता अपनाएका छौं," उनले भने।

"हाम्रो प्राथमिकता अस्ट्रेलियाली नागरिक र स्थायी वासिन्दाहरु माथि रहेको छ।"

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 
88df8a89-2c04-41a7-baa8-58337fe4219c


Share
Published 17 August 2020 1:21pm
Updated 12 August 2022 3:15pm
By SBS Nepali, Catalina Florez
Source: SBS


Share this with family and friends