Explainer

कोभिड मिथ: कोरोनाभाइरस बारे समुदायमा व्याप्त भ्रामक जानकारीको चिरफार

कोरोनाभाइरस उपचारका सम्बन्धमा मिथ्या र गलत सूचना विश्वभर फैलिएको छ जसका कारण सार्वजनिक अनि व्यक्तिगत स्वास्थ्य र सुरक्षा माथि वास्तविक जोखिम रहेको छ। गलत जानकारीको प्रसारलाई कम गर्न हामी केही प्रमुख चिकित्सकीय मिथकहरूलाई सम्बोधन गर्दैछौं।

lime, vitamin D, mask

Busting Corona Myths Source: Photo by Polina Tankilevitch from Pexels

एसबीएसले अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) मा कार्यरत चिकित्सा विज्ञान तथा सरुवा रोगका एक जना सहप्राध्यापक सञ्जय सेनानायकेसँग सम्पर्क गरी उनलाई समुदायमा कोरोनाभाइरसका बारे फैलिरहेको भ्रम निवारण वैज्ञानिक तथ्यहरूमा टेकेर गरिदिन अनुरोध गरेको थियो।
१. स्वास्थ्य हट्टाकट्टा नौजवान युवा युवतीहरूलाई भाइरसले छोए केही पनि हुँदैन, केवल वृद्ध-वृद्धा र अन्य स्वास्थ्य समस्या भएकाहरूलाई यसबाट जोखिम छ।
सेनानायके भन्छन्: हामीलाई थाहा छ कि कोभिड सङ्क्रमणबाट सबैभन्दा नराम्ररी प्रभावित हुने वा उच्च जोखिममा रहने मानिसहरूमा बुढापाकाहरू नै हुन्, विशेष गरी ६५ वा ७० वर्षभन्दा माथि उमेर पुगेकाहरू र पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएका मानिसहरू।

तथापि, हामीले पक्कै पनि युवा, स्वास्थ्य अवस्थामा रहेका मानिसहरू कोभिडबाट अति सिकिस्त भएका अवश्य देखेका छौँ जसलाई अति सघन उपचारको आवश्यकता पर्छ वा उनीहरूले ज्यानै पनि गुमाएका छन्।

त्यसैले हट्टाकट्टा युवाहरूलाई उनीहरूले ज्यानै गुमाउने गरी गम्भीर प्रकृतिको सङ्क्रमण हुने मौका निकै कम भए पनि, त्यसो हुने खतरा चाहिँ छ।

कोभिड भएर ज्यान गुमाउने कतिपय त पूर्णरुपमा स्वास्थ्य व्यक्तिहरू थिए।
Woman eating healthy salad
Young and happy woman eating healthy salad sitting on the table with green fresh ingredients indoors Source: Getty Images
२. युभी भनिने सूर्यको पराबैंगनी किरणमा परेपछि कोरोनाभाइरसका जीवाणु मर्छन्, त्यसैले घाममा बस्दा म भाइरसबाट बच्छु।
सेनानायके: पराबैंगनी किरणले फ्लु लगायतका केही भाइरसहरूलाई प्रभावित गर्छ भन्ने प्रमाण नभएका त होइनन् तर ती बलिया आधार चाहिँ होइन।

यसो हेर्दा यु भी सी भनिने एक किसिमको पराबैंगनी किरणले कोरोनाभाइरस विरुद्ध सबैभन्दा राम्रो काम गर्ने देखिएको त छ, तर त्यो मानिसहरूको लागि पनि खतरनाक हुनसक्छ।
Prof Sanjay
Associate Professor Sanjaya Senanayake. Source: Supplied
एक विशेष प्रकारको फार-युभीसी भनिने पराबैंगनी किरणको जाँच गरिएको छ जुन मानिसहरूका लागि हानिकारक नहुन पनि सक्छ तर भाइरस एवं ब्याक्टेरिया जस्ता जीवाणुका लागि खतरनाक।

तथापि, यसबारे मानिसहरू माथि राम्रो अनुसन्धान हुन अझै बाँकी नै छ।
३. लसुन खाने, भिटामिन डीका पूरक चक्की लिने वा हर्बल अनि घरेलु उपायद्वारा निर्मित औषधीहरूले कोरोनाभाइरस सङ्क्रमण हुनबाट जोगाउँछ।
यस सम्बन्धमा कुरा यसै हो भनेर ठोकुवा गरेर भन्न सकिने कुनै पनि वैज्ञानिक आधार छैनन्। यदि तपाईँलाई लसुन खाएर आराम भएको अनुभव हुन्छ भने त्यो ठिकै छ तर मलाई लसुन खाएर कोभिड हुँदैन भन्ने सोच राखेर चाहिँ त्यसो नगर्नुहोस्।
४. तातो पानी, मदिरा वा कागती पानीले मेरो घाँटीबाट भाइरस हटाउँछ
सेनानायके: तातो पानी वा कागती पानीले तपाईँको गलालाई केही राहत दिएको महसुस हुनसक्छ तर भाइरस भने मार्दैन। तिनीहरूले भाइरस विरुद्ध काम गर्दैन।
५. फोक्सोमा सङ्क्रमण गर्नु अघि भाइरस केही दिन घाँटीमा बस्छ। उच्च तापक्रमले भाइरस ध्वस्त हुने भएकाले सङ्क्रमण भइहालेमा तातो पानी खाए बिरामी हुनबाट जोगिन सकिन्छ।
सेनानायके: निश्चय पनि भाइरस घाँटी तथा नाकबाट सुरु हुन्छ, तर पनि, हामीले अघि नै तातो पानीको कुरा गरिसकेका छौँ कि त्यसले वा माउथवाशले भाइरस मार्दैन भनेर।
६. लगातार रूपमा पानी पिई राख्यो भने भाइरस श्वासप्रश्वास नलीको साटो मेरो पेटमा पुग्छ जहाँ एसिडले त्यसलाई मारिदिन्छ।
सेनानायके: त्यस्तो हुन्छ भन्ने कुनै प्रमाण हामीसँग छैन। टन्न पानी खाँदा स्वास्थ्यमा प्रत्यक्ष लाभ पुग्ने बारे हामीसँग यथेष्ट कारणहरू छन्, तर कोभिड-१९ का लागि होइन।

सङ्क्रमित मानिसहरूको दिसामा पनि कोरोनाभाइरसका जीवाणुहरू पाइएका छन्। जसको मतलब के हो भने पेटमा रहेको एसिडले सदैव उक्त भाइरसलाई खत्तम पारिदिन्छ भन्ने छैन।
Johnny Walker
Source: AAP
७. कडा किसिमका मदिराजन्य पेय पदार्थहरू - जस्तै ह्विस्कीले मेरो घाँटीलाई स्टरीलाइज वा जीवाणु रहित बनाउने भएकाले ती पिउँदा भाइरस मर्छन्।
सेनानायके: अहँ, कडा प्रकारका मदिरा पिएर भाइरस मर्छन् भन्ने कुराको पनि कुनै प्रमाण हामीसँग छैन। बरु, त्यसो गर्नाले तपाईँको स्वास्थ्यमा अन्य नकारात्मक असरहरू चाहिँ अवश्य पर्छ।

मेरो बिचारमा अल्कोहल युक्त ह्याण्ड स्यानिटाइजरद्वारा हातमा रहेका कोरोनाभाइरस मार्न प्रभावकारी भएका कारण यो कुरा मानिसहरू मन आएको हुनसक्छ। शरीर बाहिर र भित्र अल्कोहल वा रक्सीले गर्ने प्रभाव नितान्त बेग्लै कुरा हुन्।
८. एचआइभीको उपचारमा प्रयोग हुने औषधी - प्रेप भनिने पीआरईपीको प्रयोग गरे कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सकिन्छ।
सेनानायके: यो कुरा चाहिँ शायद एचआइभी रोकथाम तथा उपचारका लागि प्रयोगमा ल्याइएको संयोजित औषधी, लोपिनाभिर-रिटोनाभिरले कोभिड-१९ विरुद्ध केही प्रभाव देखाएको भन्ने अभिधारणाबाट आएको हो।

तथापि, न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा विविध परीक्षार्थीहरू माथि गरिएको एक नियन्त्रित परीक्षणको निकै निराशाजनक नतिजा प्रकाशित भएको थियो। हामीले अन्य शोधले के देखाउँछ, त्यो हेर्नु पर्छ।

अब, एचआइभी सम्बन्धी यो औषधीले कोभिड-१९ विरुद्ध केही प्रभाव देखायो भने पनि एचआइभीका अन्य औषधीले कोरोनाभाइरस विरुद्ध काम गर्छ नै भन्ने छैन।
९. औँलोको उपचारमा प्रयोग हुने हाइड्रोअक्सिक्लोरोक्विनले कोभिड-१९ लाई ठिक पार्छ।
सेनानायके: यस बारे थप अनुसन्धान हुनुपर्छ किनभने ल्याबमा गरिएका परीक्षणमा त्यो औषधीले प्रभाव देखाएको छ र एक क्लिनिकल परीक्षणले चाहिँ त्यसले भाइरस मारेको हो कि भनेर उल्लेख गरेको छ।

त्यो अध्ययनका अनुसार हाइड्रोअक्सिक्लोरोक्विनले राम्रै प्रभाव देखाएको बताएता पनि अन्य शोधहरूले चाहिँ उक्त औषधीले कोरोनाभाइरस माथि कुनै प्रभाव जमाउन नसकेको बताएका छन्।

हाइड्रोअक्सिक्लोरोक्विनको अर्को समस्या भनेको यसले अन्य असरहरू पनि गर्छ जस्तो कि मुटुको धड्कनमा यसले प्रभाव पार्छ।
Janai Purnima - Young Nepali brahmin boy
A young Hindu priest takes a holy bath during the festival. Source: SIPA USA
१०. बारम्बार तातो पानीमा नुहाइयो भने त्यसले कोरोना सङ्क्रमण हुनबाट जोगाउँछ।
सेनानायके: बारम्बार तातो पानीमा नुहाउँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने बारे कुनै प्रमाण छैन।
११. नुन पानीले नाकको प्वाल सफा गर्‍यो भने कोरोना सङ्क्रमण हुन पाउँदैन।
सेनानायके: तपाईँको नाक बन्द भएको छ भने त्यसो गर्दा नाक खुल्न सक्छ तर त्यसले कोरोनाभाइरस मार्दैन।
१२. फाइभ जी मोबाइल नेटवर्कले कोभिड-१९ फैल्याउँछ।
सेनानायके: मैले यो बुझेको छैन कि फाइभ जीले कसरी एउटा भाइरस फैलाउन सक्छ भनेर, यी दुईको कुनै सम्बन्ध छ जस्तो लाग्दैन। फाइभ जी प्रविधि चालू नै नभएका राष्ट्रमा पनि कोभिड छ।
१३. फाइभ जीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ र यो महामारी फैलनुमा त्यसको पनि एउटा हात छ।
सेनानायके: फाइभ जीबाट उत्पन्न हुने विकिरणले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर पार्छ भन्ने कुनै आधार छैन।
Coronavirus Nepali Infographics
Source: SBS Nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
covid-19.png





Share
Published 8 July 2020 6:53pm
By Chiara Pazzano


Share this with family and friends