कोइला विवादमा अस्ट्रेलियाले आफूलाई “पीडित” चित्रण गरेको चीनको आरोप

चीनले अस्ट्रेलियाको कोइलामाथिको कथित प्रतिबन्धलाई रक्षा गदै क्यानबेरा र बेइजिङका बिचको बढ्दो तनावपूर्ण अवस्थामा अस्ट्रेलियाले आफूलाई “पीडित”को भूमिकामा चित्रण गर्ने गरेको आरोप लगाएको छ ।

Chinese Foreign Ministry spokesman Wang Wenbin speaks during a daily media briefing at the Ministry of Foreign Affairs in Beijing, China, 18 September 2020.  EPA/WU HONG

Chinese Foreign Ministry spokesman Wang Wenbin Source: AAP

कोइलाको प्रतिबन्धका  विषयमा चीनको आधिकारिक रूपमा कुनै धारणा नआएता पनि चिनिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरू सँग बोल्ने क्रममा यसको अस्तित्वलाई भने इन्कार गरेनन् ।
 
उनले हालै अस्ट्रेलियाबाट केही आयातित उत्पादनहरूमा लगाइएका उपायहरू चीनको कानुन र अन्तर्राष्ट्रिय नियम अनुरूप “जिम्मेवार” कार्य भएको बताए । 
 
“भर्खरै हामीले केही रिर्पोटहरुमा अस्ट्रेलिया पीडितका रूपमा चित्रित गराइएको देख्यौ,जहाँ चीन माथि प्रत्यक्ष वा प्रभावमा परेर औला उठाइएको छ ” उनले भने ।
 
“यो कदम जनतालाई चकित तुल्याउने छ र यसलाई हामी कहिल्यै स्वीकार गदैनौ” उनले भने ।
यता प्रधानमन्त्री स्कट मोरीसनले कोइलामा प्रतिबन्ध लगाउँदा दुवै मुलुकका लागि घाटा हुने र विश्व व्यापार सङ्गठनको नियमहरूको स्पष्ट उल्लङ्घन हुने बताए । 
 
उनले चीनले अन्य मुलुकबाट सुस्त कोइला किनेर जलवायु परिवर्तनको महत्वकाक्षा जोखिममा पर्ने पनि बताए ।
 
संशोधन मन्त्री किथ पिटले बुधवार ए बि सी सँग कुरा गदै कोइलाको प्रतिबन्ध पुष्टि हुन नसकेको बताए  । 
 
“मिडियामा आए जस्तो हामीले आधिकारिक रूपमा चीनबाट यस विषयमा कुनै सूचना पाएका छैनौ ।”
 
यद्यपि कोइलाका धेरै थोक बाहकहरूलाई बन्दरगाहमा अवरुद्ध गरिएको छ जसले  आयातमा औपचारिक  प्रतिबन्धका रूपमा देखा परेको छ । 
 
चीनले अस्ट्रेलियाली सामाग्रीहरूको आयतमा व्यापार प्रतिबन्ध र ट्यारिफको श्रृखंला पनि थपेको छ  भने पछिल्ला केही महिनामा कूटनीतिक तनाव पनि बढ्दो अवस्थामा छ ।
 
यस वर्ष चीनले अस्ट्रेलियाली कपास,काठ,लब्स्टर,मासु,वाइन र जौ लगायतका निर्यात लक्षित औनपचारी प्रतिबन्ध लगाएको थियो । 
 
अस्ट्रेलियन नेशनल विश्वविद्यालय रणनीति र रक्षा सम्बन्धी अध्ययन केन्द्रका प्राध्यापक जोन ब्ल्याक्सल्याण्ड व्यापारको विवादमा शान्त भएर जवाफ दिइनु पर्ने बताउँछन् । 
 
“हामीले नियमहरूको पालना गर्नु पर्दछ,परिस्थतीमा रहनुपर्दछ र अत्यन्तै भावनात्मक पनि हुनु पदैन ।” उनले भने ।
 
कोइला निर्यातमा बाधा भएको खण्डमा अस्ट्रेलियाको १४ अर्बको निर्यातमा असर पर्ने देखिन्छ भने यसले आर्थिक रूपमा ठुलो चुनौती खडा गर्नेछ । 
 
चीनले भने गलत कार्य नगरेको बारम्बार दोहोर्‍याउँदै आएको छ । उसले अस्ट्रेलियाले आर्थिक,लगानी र प्रविधिलाई राजनीति गर्न खोजेको आरोप लगाएको छ । 
 
प्रवक्ता वाङले अस्ट्रेलियाले बजारको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लघंन गरेको भन्दै चिनिया कम्पनीहरूमाथि विभेद गरेको आरोप लगाए । 
 
उनले अस्ट्रेलियामा चिनिया लगानीमा रोकावट डालिएको भन्दै हुवाईको फाईभ जीको निर्माणमा रोक लगाइएको उदाहरण दिएका छन् । 
 
अस्ट्रेलियाले कोरोना भाइरस महामारीको विश्वव्यापी अनुसन्धानको आव्हान गरेपछि दुई देश बिचको तनाव बढ्दै गएको देखिन्छ । 
 
अस्ट्रेलियाले कुनै गल्ती नगरेको भन्दै  राष्ट्रिय हितमा काम गरेको बताउँदै आएको छ ।

Share
Published 16 December 2020 11:59am
Updated 16 December 2020 12:52pm
By SBS News
Presented by Krishna Pokhrel, SBS Nepali
Source: SBS News


Share this with family and friends