“म पुरुष हु र मलाई केही हुँदैन” भन्ने सोचलाई त्याग्न डाक्टरहरूको आग्रह

नोभेम्बर महिनालाई पुरुष स्वास्थ्य सँग जोडिएर संसारभर जनचेतना कार्यक्रम भइरहँदा नेपाली समुदायका पुरुषहरूले पनि आफ्नो स्वास्थ्यका बारेमा विशेष ख्याल राख्नु जरुरी रहेको डाक्टरहरूले जोड दिएका छन् ।

men's health

Source: Getty Images_Aliyev Alexei Sergeevich

 

मुख्य बिषय
  • पुरुष स्वास्थ्यको जनचेतनामा मोभेम्बर अभियान
  • नेपाली पुरुषहरुमा पनि स्वास्थ्य समस्या बढ्दो
  • आफ्नो ख्याल राख्न डाक्टरहरुको सुझाव


 

"मलाई के भएको छ र ? म स्वस्थ्य नै छु ,म ठिक छु,मलाई केही हुदैन्" भन्ने भ्रम अक्सर पुरुषहरूमा हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
 
जबसम्म रोगले लक्षण देखाउँदैन तब सम्म चिकित्सक कहाँ  जाने प्रचलन नभएका कारण पनि स्वास्थ्य समस्याले ठुलै रूप नलिएसम्म आफ्नो स्वास्थ्य आएको  समस्याका बारेमा पुरुषहरू जानकार हुँदैनन् ।
 
तास्मेनियामा कार्यरत डाक्टर महेश ढकाल पुरुषहरूले आफ्नो स्वास्थ्यमा जोखिम लिने प्रवृत्ति बढी भएकाले आफ्नो स्वास्थ्यका बारेमा कुरा गर्ने वा चिकित्सकको मा जाने प्रचलन नभएको बताउँछन् ।
Dr.Mahesh dhakal
Source: Supplied
सन् २०१८ को तथ्याङ्कलाई हेर्ने हो भने अस्ट्रेलियाको लगभग आधा जनसङ्ख्या अर्थात् ४९ प्रतिशत पुरुषहरू छन् । र सामान्यतया महिलाहरूले भोग्ने स्वास्थ्य समस्या भन्दा पुरुषहरूले भोग्ने स्वास्थ्य समस्या फरक छ ।
 
पुरुषहरूमा उमेर नपुग्दै ज्यान गुमाउने सङ्ख्या पनि अधिक छ ।  सन् २०१५ को तथ्याङ्कलाई आधार मान्ने हो भने कुल रोगको ५३ प्रतिशत भार पुरुषहरूले बोकेको देखाउँछ ।
फिजीसियनका रूपमा कार्यरत डाक्टर ढकाल भन्छन् “पुरुषमा आफ्नो स्वास्थ्यका बारेमा कुरा गर्ने,आवश्यकता परे औषधि लिने जस्ता बानीहरू कम छ, रक्सी, चुरोट पिउने र अन्य जोखिमका काम गर्ने बानी बढी हुन्छ, म पुरुष हु मलाई केही हुँदैन भन्ने घमन्डले गर्दा पनि समस्या सिर्जना गर्छ”
ढकाल भन्छन् मुटुरोग,फोक्सोका क्यान्सर जस्ता रोग पनि पुरुषहरूमा बढी देखिन्छ ।
दक्षिण एसियाली मुलुक बाट आएका मानिसहरूमा सबैभन्दा ठुलो समस्या डायबिटिज अर्थात् मधुमेह रोग रहेको डाक्टर ढकालको बुझाई छ । यसै गरी मुटु रोग फोक्सोको क्यान्सर जस्ता समस्याहरू पनि पुरुषहरूले भोगी रहेका हुन्छन् । यसबाहेक पुरुषहरूमा लागु पर्दाथको दुर्व्यसन,जुवाको लत र यसले सिर्जना गर्ने मानसिक रोगको समस्या पनि बढी रहेको छ ।
पुरुषमा आफ्नो स्वास्थ्यका बारेमा कुरा गर्ने,आवश्यकता परे औषधि लिने जस्ता बानीहरू कम छ, रक्सी, चुरोट पिउने र अन्य जोखिमका काम गर्ने बानी बढी हुन्छ, म पुरुष हु मलाई केही हुँदैन भन्ने घमन्डले गर्दा पनि समस्या सिर्जना गर्छ

तथ्याङ्कलाई आधार मान्ने हो भने सामान्यतया अस्ट्रेलियाका पुरुषले महिला भन्दा ५ वर्ष अघि मृत्युवरण गर्ने गर्दछन् । अस्ट्रेलियाली तथ्याङ्क विभागका अनुसार २५ देखि ४४ वर्ष उमेर समूहका पुरुषहरूमा  आत्महत्या नै मृत्युको पहिलो कारण बन्ने गरेको छ ।
 
सामान्यतया कम उमेरका पुरुषहरूमा मानसिक स्वास्थ्य समस्या सबैभन्दा जटिल बन्दै गएको छ भने पाका उमेर समूहका पुरुषमा शारीरिक स्वास्थ्य समस्या बढी छ ।
पुरुषहरूमा आत्महत्याको दर पनि बढ्दो छ

मनोचिकित्सक अनुपम पोखरेलका अनुसार पुरुषहरूमा आत्महत्याको दर बढी देखिन्छ । लागु पर्दाथको जोखिम, जुवा जस्ता समस्याहरू महिलामा भन्दा पुरुषहरूमा बढी छ । यस बाहेक जोखिम युक्त काम गर्ने र दुर्घटनामा पनि पुरुषहरू बढी पर्छन् ।
Dr.Anupam Pokharel
Dr.Anupam Pokharel Source: Supplied
अत्यधिक रक्सीको सेवन वा रक्सीको लत पुरुषहरूमा ठुलो मानसिक समस्याका रूपमा अगाडी आएको छ  ।
 
”पुरुषहरूमा आत्महत्याको दर पनि बढ्दो छ” डाक्टर पोखरेल भन्छन् ।
 
पोखरेलका अनुसार धेरै मानसिक  समस्याहरू एक अर्का सँग जेलिएका छन् ।
 
उनी भन्छन् “पुरुषहरूमा समयमै आफ्नो स्वास्थ्यको जाचप्रताल गर्ने र साहयता खोज्ने क्रम निकै कम छ,पुरुषहरूमा भएको  घमन्डका कारण समस्यालाई सही समयमा पहिचान र निदान थाल्नु बाट रोक्नु हुदैन् र आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ ”

नेपाली पुरुषमा देखिने स्वास्थ्य समस्या

अस्ट्रेलियामा पुरुष र महिलाको  औसत आयु पनि  फरक छ, पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने महिला औसत ८३ दशमलव ७ वर्ष बाच्छन् भने  पुरुषको औसत आयु ७८ दशमलव ७ वर्ष मात्रै छ ।
 
पुरुषहरूमा विशेष रोग भन्दा पनि सामान्य रोग नै बढी देखिन्छ । तर पहिचान र उपचारमा ढिलाइ हुँदा समस्याहरू बढ्ने गर्दछ । 
 
डाक्टर महेश ढकालको बुझाइमा पुरुषहरूमा मुटु सम्बन्धी समस्याहरू बढी देखिन्छ, अव्यवस्थित जीवनशैलीका कारण हृदयघात र मुटुका रक्तनली  सम्बन्धी समस्याहरू बढी छ, यसै गरी धूम्रपान र सुर्तीजन्य पर्दाथको प्रयोगका कारण फोक्सोको क्यान्सर पनि अधिक देखिन्छ ।
 
यसबाहेक रोकथाम गर्न सकिने आत्महत्या, जोखिम युत काममा संलग्न हुने जस्ता समस्याहरू पनि बढी छ ।
मनोचिकित्सक डाक्टर पोखरेल भन्नुहुन्छ आत्महत्या बाहेक अन्य शारीरिक समस्याहरू जस्तै मुटु सम्बन्धी समस्याहरू, लागुपर्दाथको दुर्व्यसन र जुवा लगायतका समस्याहरू पनि बढी छ । तर यस बाहेक प्रोस्टेट क्यान्सर,टेस्टीकल क्यान्सर मुटु रोग,फोक्सोका क्यान्सर, मानसिक रोग र रोकथाम गर्न सकिने जोखिम युक्त काममा सहभागी हुने जस्ता समस्या पनि बढी छ ।

के हो मोभेम्बर अभियान ?


विश्वभर नोभेम्बर महिनालाई पुरुषहरूको स्वास्थ्य सम्बन्धी  जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू गरी मनाइने गरिन्छ ।  सन् २००३ बाट सुरु भएको मोमेम्बर नाम दिइएको यो अभियान विशेष गरी मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम  प्रोस्टेट र टेस्टिकुलर क्यान्सर जस्ता विषयमा जानकारी दिने र सजकता अपनाउने उद्देश्यले आयोजना गरिन्छ ।
 
पुरुषको स्वास्थ्यलाई लिएर विश्वभर १२ सय भन्दा बढी कार्यक्रमहरू सञ्चालित भएका छन् ।
 
भिक्टोरियामा पनि नेपाली समुदायमा  पुरुष स्वास्थ्यको जनचेतनाका लागि उद्देश्यका साथ  कार्यक्रमको आयोजना गरीदैछ ।
 
अनलाइन मार्फत सञ्चालन हुने कार्यक्रममा पुरुषहरूमा देखिने विभिन्न मानसिक एवम् शारीरिक समस्याहरूका बारेमा जनचेतना फैलाउने उदेश्य  राखिएको छ ।
 
नेपाली समुदायमा पुरुष स्वास्थ्यका बारेमा चेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको  डाक्टर अनुपम पोखरेल बताउँछन् । आउँदो नोभेम्बर ७ तारिखमा हुन लागेको कार्यक्रमले पुरुषको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यका विभिन्न आयामका बारेमा कुरा गर्ने उनले बताए ।
 
फिजीसियन डाक्टर महेश ढकाल पुरुष र महिलाका बिच हुने स्वास्थ्य सम्बन्धी भिन्नताका विषयमा कार्यक्रममा कुरा हुने बताउँछन् । पुरुषहरूले आफ्नो स्वास्थ्यका बारेमा ख्याल राख्न जनचेतना पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको उनले बताए ।
movember Abhiyan
Mens health special Program Source: Supplied
कार्यक्रम शनिवार ७ नोभेम्बरमा १ बजे देखि २ बजे सम्म फेसबुक लाइभ मार्फत हुने आयोजक संस्था साईनी माईन्ड अस्ट्रेलियाले जानकारी दिएको छ ।


 

Share
Published 4 November 2020 12:34pm
Updated 6 November 2020 3:26pm
By SBS Nepali
Presented by Krishna Pokharel
Source: SBS News


Share this with family and friends