Explainer

नयाँ घर बनाउन वा पुरानो घर ‘रेनोभेसन’ गर्न सङ्घीय सरकारद्वारा २५ हजार डलर अनुदान दिने घोषणा

योग्य अस्ट्रेलियालीहरूलाई नयाँ घर बनाउन वा हाल उनीहरूले प्रयोग गरिरहेको घर मर्मत सम्भार गर्न सङ्घीय सरकारले २५,००० डलर अनुदान स्वरूप प्रदान गर्ने बताएको छ।

New residential properties seen in Blacktown, Sydney, Monday, Aug. 14, 2017. (AAP Image/Joel Carrett) NO ARCHIVING

New residential properties seen in Blacktown. Source: AAP Image/Joel Carrett

यो वर्षको दोस्रो भागमा घर निर्माण क्षेत्रले कोभिड-१९ बाट उत्पन्न विषम आर्थिक परिस्थितिका कारण निकै सङ्कटको सामना गर्नुपर्ने यस उद्योगसँग सम्बन्धित विभिन्न निकायहरूले चिन्ता व्यक्त गरेपछि सरकारले उक्त अनुदान कार्यक्रम घोषणा गरेको हो।

विशेष गरी अस्ट्रेलियाली अर्थतन्त्र मन्दीको दौरमा पुगेको बताइँदै गर्दा आफ्नो “होमबिल्डर” कार्यक्रम मार्फत सङ्घीय सरकारले घर निर्माण क्षेत्रलाई सहयोग पुग्ने आसा राखेको बताइएको छ।

समुदायहरू र अर्थतन्त्रलाई पुनर्जागरण गर्ने विश्वास

सरकारका अनुसार, उक्त क्षेत्रमा कार्यरत कामदारहरूलाई रोजगारीमा राखी राख्न आफ्नो अनुदानले ठुलो भूमिका खेल्नेमा पनि सरकार विश्वस्त रहेको प्रधानमन्त्री स्कट मरिसन तथा ट्रेजरर जस फ्राईडेनबर्गले बताएका छन्।

च्यानल सेभेनको सन्राइज कार्यक्रमसित बोल्दै प्रधानमन्त्री मरिसनले आगामी दिनहरूमा रोजगारीका अवसरलाई लिएर हान थाप हुने अवस्थाको पूर्व चित्रण गर्दै आफ्नो “होमबिल्डर” कार्यक्रमले देशभरका समुदायहरू र अर्थतन्त्रलाई पुनर्जागरण गर्ने विश्वास व्यक्त गरेका हुन्।

“हाम्रो सरकार रोजगारीको लडाइँमा तपाईँहरूको साथ छ,” उनले भने।
ट्रेजरर जस फ्राईडेनबर्गले भने होमबिल्डर कार्यक्रम अन्तर्गत करिब ३०,००० नयाँ घरहरू र नवीकरणीय कार्यहरू हुने अपेक्षा आफूले राखेको बताए।

उनले यो कार्यक्रमले नयाँ टेनिस कोर्ट बनाउन वा स्विमिङ पुल निर्माण गर्न सहयोग नगर्ने पनि स्पष्ट पारेका छन्।

“हामीले आज सार्वजनिक गरेको यो पहल सीमित अवधिको लागि र लक्षित योजना हो,” फ्राईडेनबर्गले एबीसी समाचारसँग कुरा गर्दै भने।

“हामी यसका लागि राज्य सरकारका प्रणालीहरूका माध्यमबाट काम गर्नेछौँ र यसले राज्यहरूका हाल विद्यमान फर्स्ट होम बायर कार्यक्रमको पूरकका रूपमा काम गर्नेछ।
Homes undergoing construction in Adelaide's west.
A residential construction site in Adelaide. Source: AAP

विपक्षीको धारणा

उता विपक्षी दलका नेता एन्थोनी अल्बनिजेका अनुसार सरकारद्वारा बिहीबार घोषित होमबिल्डर कार्यक्रमको सबैभन्दा ठुलो कमजोरी सामाजिक आवासलाई कति पनि अनुदान नरहनु बताएका छन्।

उनले १५०,००० डलर खर्च गर्न सक्ने मानिसहरूले यसै पनि सरकारी अनुदान प्राप्त नगरीकनै आफ्नो योजना सुरु गर्ने धारणा पनि व्यक्त गरे।

“निजी आवासलाई सहयोग गर्नुमा केही खराबी छैन - यो राम्रो कुरा हो - तर आज घोषणा गरिएको यो प्याकेज पाउन १५०,००० डलर खर्चिनु पर्नेछ, यस्तो आर्थिक अनिश्चितताको समयमा। धेरै मानिसहरूसँग १५०,००० डलर तयारी अवस्थामा हुँदैन, कन्ट्रयाक्ट साइन गरिहाल्न,” अल्बनिजेले एबीसी समाचारलाई भने।

होमबिल्डरका लागि योग्यता

  • नयाँ निर्माण हुने वा रेनोभेसन हुने घर कम्पनी वा ट्रस्टको नाममा नभई व्यक्तिको नाममा दर्ता भएको हुनुपर्नेछ
  • त्यस्ता व्यक्तिको उमेर १८ वर्ष पुरा हुनुका साथै अस्ट्रेलियाली नागरिकता भएको हुनुपर्नेछ
  • सन् २०१८/१९ को ट्याक्स रिटर्न गर्दा एकल व्यक्तिको हकमा १२५,००० डलर र जोडीको हकमा २००,००० डलर भन्दा बढी आय आर्जन नभएको हुनुपर्नेछ
  • तपाईंले नयाँ घर निर्माण सम्झौतामा ४ जुन २०२० देखि ३१ डिसेम्बर २०२० को बिच हस्ताक्षर गरेको हुनुपर्नेछ
  • रेनोभेसन गर्ने भए पर्याप्त रूपमा सो कार्य गरिनु पर्नेछ र त्यस्तो नविकर्णीय योजना आफू हाल बसिरहेको घरका लागि हुनुपर्नेछ र कम्तीमा पनि १५०,००० डलर देखि अधिकतम ७५०,००० डलरसम्म मात्र खर्चिनुका साथै त्यसो गर्दा आफ्नो घरको मोल १५ लाख डलर भन्दा माथि जानु हुँदैन
  • यस योजना अन्तर्गत काम गर्न तपाईंले अनुमति प्राप्त निर्माण ठेकेदार चयन गर्नुपर्नेछ र यस्ता ठेकेदार तपाईँको आफन्त हुन पाउने छैनन्
  • काम सम्झौता भएको तीन महिना भित्र सुरु भइसक्नु पर्नेछ।

Share
Published 4 June 2020 12:11pm
Updated 4 June 2020 12:49pm


Share this with family and friends