जो बाईडेन र स्कट मोरिसन बिच पहिलो टेलिफोन संवाद: कोरोना, चीन र वातावरणका विषयमा छलफल

राष्ट्रपतिमा नियुक्त भएको करिब एक महिना पछि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन र अमेरिकी राष्ट्रपति जो बाईडन बिच फोन संवाद भएको छ ।

AP/AAP

Australian Prime Minister Scott Morrison / US President Joe Biden. Source: AAP, AP

फोन संवादका क्रममा नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाईडेनलाई आउँदो सेप्टेम्बर महिनामा अस्ट्रेलिया भ्रमणका लागि आमन्त्रण गरेको प्रधानमन्त्री मोरिसनले बताएका छन् ।

दुई देशबिचको सुरक्षा सम्बन्धी सन्धिको ७० औं बर्षगाँठका अवसरमा अमेरिकी राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएको प्रधानमन्त्रीले बताए हुन् ।

यद्यपि अहिलेको परिस्थिति र बाईडेनको व्यस्तताका कारण भ्रमणको सम्भावना कम भएको भए पनि आफूले अस्ट्रेलिया–अमेरिका सुमधुर सम्बन्धले यस क्षेत्रमा पुर्‍याएको शान्ति र सद्भावका बारेमा चर्चा गरेको प्रधानमन्त्रीले बताए ।

आफ्नो निम्तोलाई लिएर अमेरिकी राष्ट्रपति सकारात्मक रहेको पनि उनको भनाई थियो।

“राष्ट्रपति बाईडेनले अस्ट्रेलिया भ्रमणका लागि कुनै खास कारण आवश्यकता नपर्ने बताउँदै, आफूलाई यो देश एकदमै मन पर्ने र कुनै समयमा यहाँ आउने बताए,” प्रधानमन्त्रीले भने ।

टेलिफोन संवादका क्रममा चीन सँगको पछिल्लो सम्बन्ध,कोरोना भाइरसलाई पराजित गर्न भएको प्रयास, जलवायु परिवर्तन सँगको लडाई जस्ता विश्व र क्षेत्रिय स्तरका चुनौतीहरूका बारेमा छलफल भएको छ ।
राष्ट्रपति जो बाईडेनको मौसम परिवर्तनको मुद्दा प्रतिको सोच राष्ट्रपति ट्रम्पको भन्दा बिलकुलै फरक रहेको छ ।
President and Vice President-elect Jo Bidden and Kamala Harris.
The next president will face enormous challenges in reconciling the nation. What will Trump do next? Source: Image by Biden For President/Creative Commons
कार्यालयको पहिलो दिनमै पेरिसको जलवायु परिवर्तन सम्बन्धी मुद्दामा उनले ऐक्यबद्धता जनाएका छन् ।

निर्वाचनमा जित हासिल गर्नु अघि नै मौसम परिवर्तनको मुद्दामा अन्य देशहरूमा पैरवी गर्ने र यसमा सहमति नजनाउने नेतृत्व माथि दबाब बढाउने उनले बताएका थिए ।

अस्ट्रेलियाले मौसम परिवर्तनको मुद्दालाई गम्भीरताका साथ नलिए अमेरिका –अस्ट्रेलिया सम्बन्ध बिग्रन सक्ने ग्रिन्सका नेता एडम ब्यान्ड्ट बताउँछन् ।
छाया स्वास्थ्य मन्त्री मार्क बटलर सङ्घीय सरकारलाई अन्य प्रमुख शक्तिहरूका साथ ग्यास उत्सर्जनमा उल्लेख्य कमी ल्याउन प्रतिबद्ध हुनु पर्ने बताउँछन् ।

“प्रत्येक राज्य,प्रत्येक व्यवसाय चाहे एयरलाइन्स हुन् चाहे ठुला बैंक वा खनिज कम्पनीहरू सन् २०५० सम्म कार्वन उत्सर्जन शून्यमा झार्नु पर्दछ,” उनले भने ।
People walk by Google offices in New York
Source: AAP Image/AP Photo/Mark Lennihan
जो बाईडेनले अस्ट्रेलियन प्रधानमन्त्री सँगै गुगलको माउ कम्पनी अल्फाबेटको प्रमुख सँग पनि कुरा गरेका छन् ।

हालै मात्र गुगलले अस्ट्रेलियाबाट आफ्नो वेबसाइटबाट खोजी गर्न मिल्ने सेवा –सर्चइन्जीन हटाउने चेतावनी दिएको थियो ।

अस्ट्रेलियन समाचार सामाग्री सम्प्रेषण गरे बापत गुगल र फेसबुक जस्ता कम्पनीहरूले शुल्क तिर्नु पर्ने कानुन बने पछि गुगलले यस्तो धम्की दिएको थियो ।

जो बाईडेन सँगको टेलिफोन वार्ता निकै रचनात्मक भएको प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन् ।


 


Share
Published 5 February 2021 11:04am
Updated 12 August 2022 3:10pm
By Pablo Vinales, Marcus Megalokonomos
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends