कोरोना सङ्कट: नयाँ “कन्ट्याक्ट ट्रेसिङ्ग” एप, तपाईँको स्वास्थ्य र “प्राइभेसी”

सङ्घीय सरकार आफूहरूले छिट्टै प्रचलनमा ल्याउन लागेको एक एपले, वैयक्तिक गोपनीयतालाई भङ्ग नगर्ने बरु अर्थतन्त्रलाई सोचे भन्दा चाँडो पुर्व स्थितिमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएको छ।

Minister for Government Services Stuart Robert at a press conference at Parliament House in Canberra, Monday, March 23, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Minister for Government Services Stuart Robert Source: AAP

मेलबर्न स्थित शोध कार्यमा संलग्न एक संस्था - ग्राटन इन्स्टिच्युटले अस्ट्रेलियामा बेरोजगार हुनेको सङ्ख्या ३४ लाख पुग्ने बताउँदै गर्दा अहिले अस्ट्रेलियाभर सरकारद्वारा केही दिन भित्रै सार्वजनिक गर्न लागिएको एक एपलाई लिएर चर्चा चुलिएको छ।

कोरोनाभाइरस सङ्क्रमित मानिससँग नजिकै भए नभए निर्क्योल गर्ने बताइएको र हाल नाम नखुलाइएको “कन्ट्याक्ट ट्रेसिङ्ग” एपले मानिसहरूको गोपनीयता माथिको हकलाई प्रभावित गर्न सक्ने भन्दै स्वयम् सरकारमा रहेको पार्टीका केही नेताहरू समेतले यसमा चिन्ता व्यक्त गरेका छन्।

पूर्व उप-प्रधानमन्त्री तथा नेशनल पार्टीका प्रभावशाली नेता बार्नाबी जोइस तथा अर्का नेता लिऊ ओ’ब्रायनले गोपनीयताको कुरा उठान गदै आफूहरूले सरकारको उक्त एप प्रयोग नगर्ने बताएका हुन्।
उता, मरिसन सरकारले भने क्रमिक रूपले आर्थिक गतिविधिहरूलाई खुकुलो बनाउँदै लान पूर्वनिर्धारित कोशे ढुङ्गा रूपी लक्ष पुग्नुपर्ने बताएको छ।

तिनै लक्ष मध्यको एक हो - नयाँ सरकारी एपलाई कम्तीमा पनि अस्ट्रेलियाभरका ४० प्रतिशत मानिसहरूले प्रयोगमा ल्याउनु।

विज्ञहरूका अनुसार कम्तीमा पनि ४० प्रतिशत अस्ट्रेलियालीहरूले यो एप डाउनलोड गरे मात्र यसले केही प्रभाव देखाउन सक्नेछ।

साइबर सेक्युरिटी कुअपरेटिभ रिसर्च सेन्टर भनिने साइबर सुरक्षाको बारे शोध गर्ने एक संस्थाकी प्रमुख रेचल फाक भन्छिन् कि केही समय पछि थप जानकारी प्राप्त भएपछि मात्र उक्त सरकारी कदम बारे केही ठोस रूपमा बताउन मिल्नेछ।

“तर एपले पहिलो चरणको सुरक्षा एवं गोपनीयता सम्बन्धी परीक्षा सफलतापूर्वक पार गरेको छ,” उनले थप्दै भनिन्।
In this Tuesday, Aug. 30, 2016, photo, the LG V20 is demonstrated in New York. The most visible changes include the ability to run two apps side-by-side. (AP Photo/Mark Lennihan)
Source: AP
सरकारी सेवा सम्बन्धी मन्त्री स्टुवर्ट रोबर्ट्स भन्छन् कि उक्त सफ्टवेयरले सामाजिक एवम् आर्थिक गतिविधि दुबैलाई पुनः सुचारु गर्न सहयोग पुर्‍याउनेछ।

“यसले हामीलाई पुर्व स्थितीमा चाँडो फर्कने अनुमति दिनेछ,” उनले एबीसी टिभीसँग भने ।

बार्नबी जोइस भने उक्त एप मार्फत जम्मा हुने तथ्याङ्कका लागि चिनियाँ सरकारले साइबर आक्रमण सुरु गर्ने त्रास रहेको बताउँछन्।

“मेरो मुख्य चिन्ता भनेको, उनीहरूले जे सुकै भनेता पनि, मानिसहरूले त्यसलाई ह्याक गर्न सक्ने सम्भावना सधैँ हुन्छ,” उनले सेभनको सनराइज कार्यक्रममा बोल्दै भने।

तर मन्त्री रोबर्ट्सले जोइसद्वारा सार्वजनिक रूपमै सरकारी एपको आलोचना गर्नु निको मानेका छैनन्।

विशेष गरेर उक्त सफ्टवेयरले कसरी काम गर्छ भन्ने जानकारी बिनै, त्यसको विरोध गर्नुको कुनै औचित्य नरहेको पनि उनको धारणा रहेको छ।

“मेरो बिचारमा धेरै जसो अस्ट्रेलियालीहरू, म जस्तै, बार्नबी जस्तै चिन्तित छैनन्,” रोबर्ट्सले भने।

“बार्नबी चिन्तित छन् कि कसैले उनलाई ट्र्याक वा सर्वेक्षण गर्दैछ, यी आरोपहरू यो मुद्दा भन्दा धेरै टाढा छन्।"
Nationals member for New England Barnaby Joyce during Question Time in the House of Representatives.
Nationals member for New England Barnaby Joyce Source: AAP
यसका अतिरिक्त स्टुवर्ट रोबर्ट्स गोपनीयता बारे उठाइएका सबै प्रश्नहरूको निदानका लागि उक्त एपको कोड नै सार्वजनिक गरिने बताउँछन्।

“यो एपले हेर्ने भनेको तपाईँ को-को मानिसको संसर्गमा आउनुभयो भन्ने हो - न कि तपाईँ कहाँ जानुभयो भनेर हेर्ने,” उनले स्पष्ट पार्दै भने।

जोइस जत्तिकै प्रतिक्रियात्मक नभए पनि प्रतिपक्षी लेबरका नेता जोएल फिट्जगिब्बनले सङ्घीय संसद्को शक्तिशाली गुप्तचर एवम् सुरक्षा समितिले जाँच गरे आफूलाई उक्त एप डाउनलोड गरेर प्रयोग गर्ने बताएका छन्।

“हामी विशेष परिस्थितिको समयमा बाँचिरहेका छौँ र म अर्थतन्त्रलाई फेरि चलायमान गर्ने लागि गर्नका लागि व्यावहारिक र सम्भवभएसम्मको सबै थोक गर्नेछु," उनले भने।

मन्त्री रोबर्ट्सले उक्त नयाँ एपमा प्राविधिक त्रुटि तथा समस्याहरू नहुने पनि दाबी गरेका छन्। उनकै मन्त्रालय अन्तर्गत रहेको सेन्टरलिङ्कको वेबसाइट गत महिना प्रयोगकर्ताको भार थेग्न नसकी सेवा प्रदान गर्न असमर्थ भएको थियो।

“यो नयाँ एपले काम पक्कै गर्छ, जसरी कोरोना जानकारी एपले गरिरहेको छ, अस्ट्रेलियालीहरूलाई महत्त्वपूर्ण सूचना प्रवाहित गरेर,” स्टुवर्ट रोबर्ट्सले भने।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share
Published 21 April 2020 9:57am
Updated 21 April 2020 2:46pm


Share this with family and friends