मेलबर्नको नयाँ लकडाउन: के गर्न मिल्छ, के गर्न मिल्दैन

८ जुलाईदेखि लागू हुने गरी भिक्टोरियामा कोरोनाभाइरस प्रतिबन्ध सम्बन्धी नयाँ निर्देशिका जारी गरिएको छ जुन हाललाई आगामी अगस्ट १९ - बुधवारसम्मका लागि कायम रहने बताइएको छ।

Victoria Police will check motorists leaving the metropolitan Melbourne area.

Victoria'da polis, Melbourne şehrini terk edenleri denetliyor. Source: AAP

बृहत् मेलबर्न महानगरीय क्षेत्र अन्तर्गतका ३१ स्थानीय प्रशासनिक इकाई र मिचेल शायरमा “घरमा नै बस” भन्ने निर्देशन सहितको तेस्रो चरणका प्रतिबन्धहरू लागू गरिएको हो।

बृहत् मेलबर्न महानगरीय क्षेत्रको लकडाउन

नर्थ मेलबर्न र फ्लेमिङ्गटन स्थित नौ सार्वजनिक आवास भवनहरूमा हाल कायम रहेको “बाहिर ननिस्कनु” भन्ने निर्देशन राज्यका प्रमुख स्वास्थ्य अधिकारीले अर्को सल्लाह नदिएसम्म जारी नै रहने छ।

उनले त्यहाँका बासिन्दाहरूको सुरक्षालाई ध्यानमा राखेर “घरमा नै बस” भन्ने निर्देशन नदिएसम्म मानिसहरू ती भवनमा भएका आफ्ना फ्ल्याटबाट बाहिर निस्कन पाउने छैनन्।
मेलबर्नका स्थानीय सरकार अन्तर्गतका क्षेत्रहरू (काउन्सिलहरू)

ब्यानयुल, ह्युम, मोर्ल्याण्ड, बेसाइड, किङ्ग्सटन, मर्निङ्गटन पेनिनसुला, बरूनडरा, नक्स, निलुमबिक, ब्रिमब्याङ्क, मन्निङ्गह्याम, पोर्ट फिलिप, कार्डेनिया, म्यारीबनङ, स्टननिङ्गटन, केसी, मरूनडाह, व्हाइटहर्स, डारेबिन, मेलबर्न, व्हिट्टलसी, फ्रांक्सटन, मेल्टन, विन्डह्याम, ग्लेन आइरा, मोन्याश, यार्रा, ग्रेटर ड्यानडेनङ्ग, मूनी भ्याली, यार्रा रेञ्जेस र हब्सन बे।
घरबाट निस्कन पाइने कारणहरू:

  • अत्यावश्यक सामान खरिद गर्न वा सेवा लिन
  • रोजगारी र शिक्षा (घरैबाट सम्पादन गर्न नमिल्ने भए)
  • चिकित्सा सेवा वा प्रियजनलाई भेटी नहुने विशेष स्थितिमा
  • व्यायाम (आफ्नो घर भन्दा १०० यौं किलोमिटर टाढा वा प्रतिबन्धित क्षेत्रभन्दा बाहिर जान मिल्दैन)
(तपाईँ कसैसँग अन्तरङ्ग निजी सम्बन्धमा बाँधिनु भएको छ र उनीहरू माथि उल्लेखित काउन्सिल क्षेत्रहरू बाहिर बस्ने भए पनि तपाईँ ती आफन्त भेट्न जान छुट रहने छ)
Police check identification of drivers outside public housing towers on Racecourse Road in Flemington, Melbourne, Sunday, July 5, 2020.
Police check identification of drivers outside public housing towers on Racecourse Road in Flemington, Melbourne, Sunday, July 5, 2020. Source: AAP
भेला तथा भ्रमण

  • निजी: पाहुना आउन मिल्दैन
  • सार्वजनिक: एकै घरका वा बढीमा दुई जनासम्म मात्र एकैसाथ भेला हुन सक्छन् - १.५ मिटर दुरी कायम गर्दै
  • दोस्रो निवास: अपवाद बाहेक निषेधित क्षेत्र भन्दा बाहिर जान प्रतिबन्ध छ (आकस्मिक अवस्था, मर्मत सम्भार गर्न, शेर्ड कस्टडी भनिने हेरचाह गर्ने जिम्मा बहन गर्न वा तपाईँ आफूसँगै नबस्ने अति घनिष्ठ सम्बन्ध रहेको व्यक्तिसँग बस्न जान)
रोजगार

यदि कार्यस्थलसम्म नआईकन पनि कार्यसम्पादन गर्न मिल्छ भने रोजगारदाताले आफ्ना कर्मचारीलाई कार्यालय आएर काम गर्न दिनु हुँदैन।

स्कूलहरू

कक्षा ११ र १२ एवम् भिक्टोरियाली बोर्ड परीक्षा दिने कक्षा १० का विद्यार्थीहरू लगायत विशेष विद्यालयहरू पूर्व निर्धारित शैक्षिक कार्यक्रम अन्तर्गत जुलाई १३, सोमबारदेखि सुरु हुने शैक्षिक सत्रका लागि विद्यालयमा हुने प्रत्यक्ष पठन-पाठनमा फर्किने छन्।

१० कक्षासम्मका विद्यार्थीहरूका लागि हाल जारी स्कुल बिदा थप पाँच दिनका लागि लम्ब्याइएको छ।
किनमेल, रेस्टुरेन्ट तथा मनोरञ्जन

निम्न लिखित बाहेक सबै सेवा बन्द गरिएका छन्:

  • टेक अवे भनिने पकाएको खानेकुरा किनेर घर लैजान मिल्ने
  • टेक अवे मदिरा किन्न
  • कपाल काट्ने स्यालन
  • बजार तथा शपिङ्ग सेन्टरहरू (घनत्व भागफलमा आधारित रहेर तर पनि मानिसहरू केवल अत्यावश्यक सामानहरू किन्न वा सेवाका लागि मात्र यी व्यापारिक स्थल भ्रमण गर्न सक्छन्)
  • सबै पुस्तकालय तथा सामुदायिक केन्द्रहरू बन्द गरिएका छन् - यसको अपवाद भनेको अन्त्येष्टि र विवाह समारोह आयोजना स्थलहरू हुन्।
धार्मिक समारोहहरूका हकमा भने प्रविधिको सहारा लिएर तिनलाई प्रत्यक्ष प्रसारण गर्न भनिएको छ।

विवाह समारोहमा बर-बधू, दुई जना साक्षी र एक जना सेलेब्रेण्ट भनिने अनुष्ठानकर्ता मात्रले भाग लिन पाउने छन्।

अन्त्येष्टि समारोहका हकमा भने १० जनासम्म मलामीले भाग लिन पाउने व्यवस्था छ, अन्त्येष्टि समारोह सञ्चालन गर्ने मानिसहरू बाहेक

रिजनल भिक्टोरिया (मिचेल शायर काउन्सिल बाहेक)

एकसाथ भेला हुन पाउने सङ्ख्या

  • तपाईंको घरका सदस्य लगायात ५ जना सम्मको सङ्ख्यामा मानिसहरु तपाईंको घरमा एकसाथ जम्मा हुन पाउने छन् भने घर बाहिर उक्त सङ्ख्या १० तोकिएको छ। 
व्यवसाय र मनोरञ्जन

सम्भव भएसम्म रिजनल भिक्टोरियाका बासिन्दाहरुले घरबाटै काम गर्नु पर्दछ।

पारिश्रमिक सहितको बिरामी बिदासम्म पहुँच नभएका भिक्टोरियालीहरू यदि कोभिड-१९ सङ्क्रमित भए वा सङ्क्रमित पुष्टि भएका मानिसहरूसँग सम्पर्क रहेका कारण आइसोलेसनमा बस्नु परे सरकारले १,५०० डलर एकमुष्ट प्रदान गर्ने व्यवस्था गरेको छ।

रेस्टुरेन्ट तथा क्याफेहरू पुनः सञ्चालनमा आएका छन् र तिनमा एकै पटक अधिकतम २० जनासम्मलाई सेवा दिन सकिनेछ।

  • जुलाईको अन्तीम दुई हप्तामा १०० सम्मको सङ्ख्यामा ग्राहकहरु रेस्टुरेन्ट र क्याफे लगायतका भवन भित्र बसेर खाना खान पाउने छन्।
  • राज्यका स्केट पार्क र प्लेग्राउण्ड सहित ब्युटी सलोन, स्पा, रेस्टुरेन्ट, पब, सामुदायिक संरचना, पुस्तकालयहरु पनि २० जना सम्म मानिसहरु भेला हुन पाउने नियम बमोजिम खुलेका छन्।
  • शारीरिक व्यायाम, धार्मिक सेवा र घर किनबेच अन्तर्गत हुने गतिविधिका लागि पनि २० जनासम्म एकसाथ भेला हुन पाउने छन्।
सबै व्यवसायहरुले २० जना सम्म एकसाथ् भेला हुन पाउने नियम पालना गनु पर्ने, ग्राहकहरु बिचको १.५ मिटरको दुरीलाई कायम राख्नुपर्ने र प्रत्येक ग्राहकको विवरण सङ्कलन गर्दै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भए उनिहरुलाई सम्पर्क गर्न सजिलो बनाउनु पर्ने छ।

यात्रा प्रतिबन्ध

  • भिक्टोरिया राज्य भित्र हाल यातायातमा कुनै प्रतिबन्ध रहेको छैन, लकडाउनमा परेका क्षेत्रहरू बाहेक।

माथी उल्लेख गरिए अनुसार मेलबर्नको ठुलो भूभाग लकडाउनमा छ र त्यहाँ बसोबास गर्ने मानिसहरू केवल निम्न लिखित चार कारणका लागि मात्र आफ्नो घरबाट बाहिर निस्कन सक्छन्:

  • रोजगारी वा शिक्षा आर्जन 
  • अरुलाई हेरचाह गर्न 
  • व्यायाम गर्न र
  • खाना तथा अन्य अत्यावश्यक वस्तु जुटाउन।  
लकडाउन भएका क्षेत्रमा बस्ने मानिसहरूले हेरचाह र दया सम्बन्धि विशेष कारणहरू बाहेक पाहुनाहरू डांक्न र घुम्न निस्कन हुँदैन। 

हटस्पट भनी प्रचार गरिएका यी अती कोरोनाभाइरस प्रभावित पोस्टकोड क्षेत्रहरू यस प्रकारले रहेका छन्:

  • ३०१२: ब्रुकलिन्, किङ्ग्सभील, मेड्स्टोन, टोट्टेनह्याम, वेस्ट फूट्सक्रे
  • ३०२१: एल्बनभेल, कील्बा, किङ्ग्स पार्क, सेन्ट एल्बन्स
  • ३०३१: फ्लेमिंगटन, केन्सिङ्गटन 
  • ३०३२: एस्कट भेल, हाईपोइन्ट सिटी, मारिबनङ, त्राभानकोर
  • ३०३८: कीलर डाउन्स, कीलर लज, टेलर्स लेक्स, वाटरगार्डेन्स
  • ३०४२: एअरपोर्ट वेस्ट, कीलर पार्क, निड्री,
  • ३०४६: ग्लेनरोइ, ह्याडफिल्ड, ओक पार्क
  • ३०४७: ब्रोडमीडोज, ड्यालस, जाकना 
  • ३०५१: नर्थ मेलबर्न, होथम हील
  • ३०५५: ब्रन्स्विक साउथ, ब्रन्स्विक वेस्ट, मूनी भेल, मोर्ल्याण्ड वेस्ट 
  • ३०६०: फक्नर 
  • ३०६४: क्रेगीबर्न, डन्नीब्रुक, मिकेलह्याम, रक्स्बरा पार्क, कल्काल्लो 
यसै गरी, भिक्टोरियालीहरूले सिमा पार न्यु साउथ वेल्स जान नपाउने भएका छन्। मङ्गलवार - ७ जुलाई मध्यरातदेखि सो व्यवस्था कायम हुनेछ (विशेष स्वीकृति प्राप्त केही सिमित मानिसहरूका हकमा यो व्यवस्था लागू हुने छैन।)

निषेधित क्षेत्रका भिक्टोरियालीहरू बाहेकलाई आफ्नो होलिडे होम जान र त्यहाँबाट आफ्नो निजि निवास फर्कन रोकटोक छैन। 

सामुदायिक रुपमा प्रयोग गर्नुपर्ने सुविधाहरू भएका ठाउँ बाहेकका पर्यटकीय आवास जस्तै क्याराभान पार्क वा क्याम्पिङ्ग स्थल जान अनुमति माथि उल्लेखित पोस्टकोडका मानिसहरू बाहेकलाई छ। 

स्कूलहरु

  • रिजनल भिक्टोरियाका सम्पूर्ण कक्षाहरू विदा पश्चात पुनः सुरु हुने छन् र सबै विद्यार्थीहरू स्कुल फर्किने छन्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य राज्यमा लागू गरिएका व्यवस्था बारे जान्न तलको चित्रमा थिच्नुहोस्:
covid-19.png
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 


Share
Published 8 July 2020 1:31pm
Updated 8 July 2020 1:36pm


Share this with family and friends