SBSL0987.JPG
SBSL0987.JPG
This article is more than 1 year old

Feature

डीजिरिङ्गान्ज समुदायका एक ज्येष्ठ सदस्यको सिड्नीका नेपालीसँगको अनुभव

सिड्नीको नेपाली सामुदायिक कार्यक्रममा “स्मोक सेरेमनी” गर्ने पहिलो आदिवासी व्यक्ति बनेर डीजिरिङ्गान्जका अङ्कल जोन डिक्सनले इतिहास रचेका थिए।

Published 25 January 2023 7:03pm
By Abhas Parajuli
Source: SBS
Image: Uncle John Dixon performing the smoke ceremony at a Nepali community event is Sydney's, Burwood Park. (Photo: Abhas Parajuli)
अगिल्लो वर्षको नोभेम्बरमा बरवुड पार्कमा आयोजित नेपाल महोत्सव सिड्नीका बेला युकेलिप्टस्का पातहरू पोलेर धुवाँ बनाउँदै मानिसहरूलाई परम्परागत रूपमा स्वागत गर्ने आदिवासी चलनलाई उनले नेपालीहरूलाई अनुभव गराएका हुन्।

अङ्कल डिक्सनका अनुसार सिड्नीमा आयोजित कुनै पनि नेपाली सामुदायिक कार्यक्रममा “स्मोक सेरेमनी” गरिएको यो नै पहिलो अवसर थियो।

SBSL1005.png
Uncle John Dixon and his partner (Photo: Abhas Parajuli)

Share