अस्ट्रेलिया र नेपाल बिचको खेल एसबीएस बाट प्रत्यक्ष प्रसारण हुने

विश्वकप छनौट चरण अन्तर्गत नेपाल र अस्ट्रेलिया बिच हुने फुटबल प्रतियोगिता एसबीएस भाईसल्याण्डले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

Nepalese coach Johan Kalin speaks to his team during a training session at GIO Stadium in Canberra, Wednesday, October 9, 2019. (AAP Image/Lukas Coch) NO ARCHIVING

Nepalese coach Johan Kalin speaks to his team during a training session at GIO Stadium in Canberra. October 9, 2019. (AAP Image/Lukas Coch) Source: AAP

अगामी मार्च ३० तारिखका लागी तय भएको फुटबल प्रतियोगिता काठमाण्डौको दशरथ रङ्गशालाबाट एसबीएस भाईसल्याण्डले जानकारी गराएको छ ।

फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गतको छनौट चरणमा नेपाल र अस्ट्रेलिया बिच दोस्रो पटक भिडन्त हुन लागेको हो ।

अस्ट्रेलियाली समय अनुसार बेलुकी ८ देखि देखि १०:३० बजे सम्म खेल एसबीएस भाईसल्याण्ड मार्फत प्रसारण हुने बताइएको छ ।

गत डिसेम्बरमा एसियन फुटबल कन्फिडेरेसन (ए एफ सी) ले खेल तालिका सार्वजनिक गरेको थियो ।

नेपालले अस्ट्रेलिया बाहेक मार्च २५ तारिखमा चाइनिज ताईपेइ र जुन ७ मा जोर्डन सँग घरेलु मैदानमा भिड्ने छ ।

गत अक्टोबर १० मा एसियन क्वालिफायर अन्तर्गतको खेलमा अस्ट्रेलियाले नेपाललाई घरेलु मैदान क्यानबेरामा ५–० ले हराएको थियो ।
Nepal and Australia will face each other in the Fifa world cup qualifiers
Nepal and Australia will face each other in the Fifa world cup qualifiers Source: ANFA/AAP
आगामी खेल नेपालको घरेलु मैदानमा हुने भएकाले नेपाली खेल प्रेमी माझ उत्साह थपिएको छ ।

यस अघि अस्ट्रेलिया र नेपाल बीचको खेलका क्रममा नेपाली फुटबल टोलिका प्रशिक्षक योहान कालिनले नेपाली खेलाडीहरु सबैलाई अचम्म बनाउन सक्ने सामर्थ राख्ने प्रतिक्रिया दिएका थिए ।
कोरोना महामारीका कारण यस अघि तय भएका खेलको समय तालिकामा फेरबदल भएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप खेलको प्रत्यक्ष प्रसारणका लागि एसबीएस आधिकारिक प्रसारण साझेदार बनेको छ । 


Share
Published 26 February 2021 11:39am
Updated 26 February 2021 2:36pm
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends