पश्चिम अस्ट्रेलियाली सरकारले किनेको त्यो पत्र

गायक बन स्कटले सन् १९७८ मा लेखेको एक चिठ्ठीलाई आफूले १४,००० डलर तिरेर पश्चिम अस्ट्रेलियाली सरकारले किनेको खुलासा गरेको छ।

30th Anniversary Of AC/DC's Bon Scott's Death Recognised

The statue of Bon Scott is seen on the 30th anniversary of AC/DC's former frontman Bon Scott's death, at Fremantle on February 19, 2010 in Perth, Australia. Source: Getty Images AsiaPac

प्रसिद्ध रक ब्यान्ड एसीडीसीका पूर्व मुख्य गायक बन स्कटले उक्त तीन पाने चिठी आफ्ना बाल सखी भ्यालरी लरीलाई सम्बोधन गर्दै लेखेका थिए।
अमेरिकाको भ्रमण गरिरहेको आफ्नो चिर-परिचित साङ्गीतिक टोली पिट्स्बर्ग पुगेको बखत, स्कटले उक्त पत्र लेखेका थिए।
उनले त्यसमा प्रतक्ष्य एलबम रेकर्डिङ गर्दाका चुनौतीहरू र थकित पार्ने गरी अमेरिकाको कार्यक्रम तय भएको बारे लारिलाई बताएका थिए।

साथै, स्कटले उक्त पत्रमा आफ्नो ब्याण्डले गर्ने गरेको मादक पदार्थ सेवन र उनको आफ्नो आर्थिक सङ्कटबारे पनि खुलासा गरेका थिए।
Photocopy of a 1978 letter written by AC/DC lead singer Bon Scott
The WA government has bought a 1978 letter written by Bon Scott while AC/DC was touring the US. (AAP) Source: AAP
यो चिठ्ठीलाई पश्चिम अस्ट्रेलिया स्थित राज्य पुस्तकालयमा अर्को महिनासम्म सबैले हेर्न मिल्न गरी राखिएको छ। पुस्तकालयको सम्पदा संग्राहलयमा रहेका एसीडीसी र स्कटका साङ्गीतिक रेकर्डिङ्गहरु, तस्बिरहरू, किताबहरू, पोस्टरहरू लगायतका सामाग्रीहरूसँगै यो चिठी पनि राखिएको छ।
मादक पदार्थको दुर्व्यसनका कारण सन् १९८३मा स्कटको मृत्यु भएको थियो।
राज्यका कला मन्त्री डेभिड टेम्पलम्यानका अनुसार, सरकारले उक्त पत्र किन्नु “गज्जबको” कुरो हो।

“यो पत्र पश्चिम अस्ट्रेलियाकै सर्वाधिक चर्चित मध्य एक साङ्गीतिक दिग्गजको जीवन सम्बन्धी अत्यन्त दुर्लभ निधि हो,” उनले भने।
The late Bon Scott performing in Atlanta, Georgia in 1978. (AAP)
The late Bon Scott performing in Atlanta, Georgia in 1978. (AAP) Source: AAP

Share
Published 26 March 2019 5:47pm
By SBS Nepali
Source: SBS


Share this with family and friends