आज राती देखि लकडाउनका नियमहरुलाई फेरी कडा बनाउने भिक्टोरिया सरकारको निर्णय

कोभिड -१९ को दोस्रो लहर सुरु हुनसक्ने चिन्ताका माँझ, यसरी सामाजिक दुरीका नियमहरुलाई फेरी कडा बनाउने निर्णय गर्ने अस्ट्रेलियाकै पहिलो राज्य पनि भिक्टोरिया बनेको छ।

Victorian Premier Daniel Andrews speaks to the media during a press conference at Treasury Theatre in Melbourne, Saturday, June 20, 2020. (AAP Image/Luis Ascui) NO ARCHIVING

Daniel Andrews Presser 20 June 2020 Source: AAP

अस्ट्रेलियाका बिभिन्न राज्य र प्रदेशहरु द्वारा कोरोनाभाइरस अन्तर्गत लागु भएका नियमहरुलाई खुकुलो बनाइदा, त्यस्तै कदम चालेको भिक्टोरिया ले चाहिं, त्यसरी नियम खुकुलो पार्ने आफ्नो कदमलाई उल्टाउने कदम चालेको छ।

कोभिड -१९ को दोस्रो लहर सुरु हुनसक्ने चिन्ताका माँझ, यसरी सामाजिक दुरीका नियमहरुलाई फेरी कडा बनाउने निर्णय गर्ने अस्ट्रेलियाकै पहिलो राज्य पनि भिक्टोरिया बनेको छ।

हिजो शनिवार सम्मको चौबीस घण्टामा उक्त राज्यमा २५ नयाँ कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएपछि आज मध्यरात देखि प्रतिबन्धहरुलाई पुनः लागु गरिने प्रिमियर डानियल एन्ड्रुजले बताएका छन्।
गत दुई महिनामै पहिलो पटक, एकैचोटी यतिको धेरै संख्यामा मानिसहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुनुलेनै खुकुलो बनाइएका सामाजिक दुरीका नियमहरुलाई उल्टाउन आफ्नो सरकार बाध्य भएको उनले बताए।

साथै सङ्क्रमण फैलनबाट रोक्न हाल सम्म हात पारिएका सफलताहरुलाई कम्जोर नबनाउन पनि उक्त कदम जरूरी रहेको एन्ड्रुजको भनाइ छ।
Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne
Chief Health Officer Brett Sutton addresses the media during a press conference in Melbourne, M Source: AAP
यस अन्तर्गत आगामी जुलाई १२ सम्म, मानिसहरुको घर भित्र एकसाथ् ५ जना सम्म भेला हुनपाउने छन् भने, घर बाहिरको लागि उक्त संख्या फेरी १० जनामा घटाइएको छ।

त्यस्तै भोलि सोमवार, २२ जुन देखि, राज्यका रेस्टुरेन्ट, क्याफे र पबहरुमा एकै समयमा ५० जना ग्राहकहरु बस्नपाउने भनि लागु गरिएको नियमलाई पनि भिक्टोरिया सरकारले उल्टाएको छ।

जसको मतलब १२ जुलाई सम्म उक्त संख्या २० मै कायम रहने छ।

त्यस्तै जिम, सिमेमा हाल, भवन भित्र रहेका खेलकुद केन्द र कार्यक्रम स्थलहरु भोलि देखि पुनः खुल्न पाउने भएता पनि, एक साथ् जम्मा हुन पाउने मानिसहरुको संख्या २० नै रहने छ।

सरकारका अनुसार, अप्रिल महिनाको अन्त्य देखि अहिले सम्म पुष्टि भएका प्रायः कोरोनाभाइरस सङ्क्रमण, पारिवारिक सदस्यहरु बीच देखिएका छन्।

र केहि मानिसहरुले सामाजिक दुरीका नियमहरुको पालना नगरेको देख्दा आफु दुखित भएको प्रिमियर डानिएल एन्ड्रुज बताउछन्। 

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले पनि आफ्ना प्रिमियरको भनाइलाई दोहर्याउदै कोभिड -१९ को संकटलाई झनै गम्भीर हुन नदिन ठोस कदम चाल्न जरुरी रहेको बताएका छन्।

साथै हाल प्रत्येक हप्ता सङ्क्रमितहरुको संख्या दोब्बर हुने अवस्थामा सङ्क्रमणको दोस्रो लहरको खतरा पनि अहिले धेरैनै रहेको उनको भनाइ छ।
अर्को तर्फ हालै मात्र सुरु भएको एएफएल सिजनमा संलग्न भिक्टोरियाली क्लबहरुले पनि नयाँ सङ्क्रमणको खतराको सामना गर्नुपरिरहेको छ।

एसेण्डनका खेलाडी कोनोर मक्केना पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पछि, आज आइतवार मेलबर्न क्रिकेट ग्राउण्ड हुने भनिएको एसेण्डन र मेलबर्न डिमन्स बीचको खेल पनि स्थगित भएको छ।

र अस्ट्रेलियाली फुटबल लीगका कार्यकारी प्रमुख डिलन मकलोक्लन भन्छन कि खेलका सम्पूर्ण खेलाडी र कर्मचारीहरुलाई सुरक्षित राख्नुनै आफ्नो प्राथमिकतामा हो। 

त्यस्तै गत हप्ता अस्ट्रेलियाका केहि राज्य र प्रदेशका बासिन्दाहरुका लागि आफ्नो सीमा पुनः खोल्ने घोषणा गरेको साउथ अस्ट्रेलिया सरकारले चाहिं भिक्टोरियासंग को आफ्नो सीमा चाहिं बन्दनै राखिने बारे सोच बनाएको छ।

उक्त राज्यका स्वास्थ्य मन्त्री स्टेफेन वेड भन्छन कि आगामी तीन हप्ता सम्म आफ्नो सीमा बन्द राख्ने भिक्टोरिया सरकारको कदमको पनि आफुले स्वागत गर्दछन्।
AFL CEO Gillon McLachlan
AFL CEO Gillon McLachlan Source: AAP
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 
covid-19.png

Share
Published 21 June 2020 12:51pm
Updated 12 August 2022 3:14pm
By Sonia Lal, SBS Nepali
Source: SBS


Share this with family and friends