आर्थिक कुराकानीः अस्ट्रेलियामा घर बनाउन जग्गा किन्नका लागि के-कस्ता विकल्पहरू छन्?

First-home buyers

House prices dipped in Melbourne during 2023. Source: AAP

रिजर्भ बैङ्कको ४.३५% ब्याजदर, बढ्दो महँगाइ अनि सामान्य आम्दानी भएका मानिसहरूले घर खरिद गर्न समेत त्यति सहज नभएको बताइँदै गर्दा, सन् २०२४ मा घरजग्गाको बजार कस्तो रहला त। अनि अस्ट्रेलियामा जग्गा खरिद गर्ने प्रक्रियादेखि पर्थमा घरजग्गा बजारमा पछिल्लो समय नेपाली लगायतका समुदायले देखाएको चासोका बारेमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँगको कुराकानी सुन्नुहोस्।


यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरू:
  • सन् २०२४ मा सुरुवातसँगै अस्ट्रेलियाको घरजग्गा बजार कस्तो रहने आशा गर्न सकिन्छ?
  • अस्ट्रेलियामा घर बनाउन जग्गा खरिद गर्ने प्रक्रिया के हो?
  • जग्गा किन्दा पनि घर किन्दा जस्तै सरकारी योजनाहरूको फाइदा लिन सकिन्छ?
  • मानिसहरू पर्थमा घरजग्गा किन्नमा आकर्षित हुनुको कारण के हुन सक्छ?
  • सिड्नी र मेलबर्नका कुन सबर्बहरूमा मानिसहरूको आकर्षण बढी छ?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा
गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।



Share