युवा न्याय प्रणालीले अस्ट्रेलियामा कसरी काम गर्छ?

The Parkville Youth Justice Centre

The Victorian government has agreed not to send some rioting young prisoners to an adult jail. (AAP) Source: AAP

कुनै पनि अभिभावक आफ्नो छोरा-छोरी पक्राउ परेको भनी प्रहरीबाट जानकारी आएको सुन्न चाहँदैनन्। तर यदि त्यस्तो भयो भने वकिलको सहयोग माग्न पाउने लगायतका बच्चाहरूको अधिकारका बारेमा थाहा पाउनु महत्त्वपूर्ण हुन्छ।


आफ्नो छोराछोरीलाई प्रहरीले पक्रिएको थाहा पाउनु अत्यन्त चिन्ताजनक परिस्थिति हो।

तर युवा सहयोग तथा वकालत सेवाका प्रमुख कार्यकारी अधिकृत एन्ड्रु ब्रन भन्छन् अस्ट्रेलियाको युवा न्याय  प्रणाली सजायमा मात्र होइन युवा वर्गहरूको कल्याण र विकासमा पनि केन्द्रित रहने कुरालाई बुझ्नु जरुरी रहेको छ।
"युवा न्याय प्रणाली भनेको मानिसहरूलाई सकारात्मक बाटोमा ल्याउने भन्ने हो यो अपराध र कानुन तोड्नेमा मात्र सीमित हुँदैन।"
युवा न्याय प्रणालीले प्रत्येक राज्यमा फरक फरक ढङ्ग बाट काम गर्दछ तर ती सबैमा केही कुराहरू भने समान हुन्छन्।

क्याथरिन म्यक्फ़ार्लेन चार्ल्स स्टर्ट युनिभर्सिटीमा कानुन र न्याय केन्द्र कि सह-प्राध्यापक हुन्। उनी भन्छिन् १० वर्ष मुनिका बालबालिकालाई अपराधका लागी जिम्मेवार मान्न सकिँदैन।

"यसको प्रमुख उद्देश्य भनेको आफूले गलत काम गरेको भनेर बुझ्न उनीहरू धेरै कलिलो उमेरका हुन्छन् चाहे उनीहरूलाई अपराधी नै मानियोस् तर आफूले के गरे भनेर बुझ्न उनीहरू सक्षम हुँदैनन्।"
An image painted by Abbas al Aboudi
Source: Abbas al Aboudi
म्यक्फ़ार्लेन बालबालिका र किशोर किशोरीहरूले न्याय प्रणालीसम्म पुग्ने पहिलो माध्यम भनेको प्रहरी हुने बताएकी छन्।

यदि बच्चालाई पक्राउ गरियो भने प्रहरीले उनीहरूको अन्तरवार्ता लिन्छन्। उनीहरू १४ वर्ष मुनिका छन् भने उनीहरूको साथमा अभिभावक वा बाबुआमा हुनु आवश्यक हुन्छ।

यदि उनीहरू १४ देखि १७ वर्षको बिचमा भए जो कोही बालिग व्यक्तिको उपस्थिति उनीहरू चाहन्छन् त्यो निर्णय लिन सक्छन्। त्यो परिवारको कुनै सदस्य, वकिल वा १८ वर्ष माथिका साथी वा युवा कार्यकर्ता हुन सक्छन्।

भिक्टोरिया कानुनी सहायता अन्तर्गतको युवा अपराध कार्यक्रमकी व्यवस्थापक अनोश्का जेरोनिमस भन्छिन्, परिवार र त्यो बच्चाले अन्तर्वार्ता हुनु पूर्व वकिलसँग कुरा गर्ने आग्रह गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
"यदि प्रहरीले कुनै युवासँग अन्तर्वार्ता गर्न चाह्यो भने यो बुझ्नु अत्यन्त महत्त्व पूर्ण कुरा हो कि त्यो युवाको अन्तर्वार्ता सुरु हुनु पूर्व वकिलसँग कुरा गर्ने अधिकार हुन्छ।"
राज्यका कानुनी सहायताले उनीहरूलाई वकिलको व्यवस्था गरिदिन सक्ने जेरोनिमसको भनाइ रहेको छ।

यदि एक युवाले पहिलो पटक अपराध गरेको हो र त्यो धेरै संगिन नभएको खण्डमा प्रहरीले अभियोग नलगाएर चेतावनी मात्र दिने पनि सम्भावना हुन्छ।

तर अनोश्का जेरोनिमसका अनुसार यस्तो अवस्थामा पनि प्रहरीले अभियोग भने लगाउन सक्छ वा अदालतमा उपस्थित हुने निर्देशन दिन सक्छ।

यदि अन्तर्वार्ताका लागी वकिलको लागी अनुरोध नगरे पनि अदालतमा भने वकिल राख्ने व्यवस्था हुन्छ। कानुनी सहायताको हेल्पलाइन रहेको छ जहाँ निःशुल्क फोन गरेर यसका बारेमा थप जानकारी पाउन सकिन्छ।
File
File image. Source: AAP
तर त्यसका लागी समय नभए त्यतिखेर ड्युटीमा रहेका वकिलसँग आफू अदालत पुग्नु पूर्व कुरा गर्न सकिनेछ।

जेरोनिमस भन्छिन् त्यहाँ दोभासे उपलब्ध गराउन पनि अनुरोध गर्न सकिन्छ।

वकिलसँग परामर्श गर्ने विषयमा जुन कुनै समयमा दोभासे उपलब्ध गराउन आग्रह गर्न सकिन्छ तर जति पहिले गर्‍यो त्यति नै सजिलो हुन्छ।

"यदि प्रहरीले कुनै युवासँग अन्तर्वार्ता गर्न चाह्यो भने यो बुझ्नु अत्यन्त महत्त्व पूर्ण कुरा हो कि त्यो युवाको अन्तर्वार्ता सुरु हुनु पूर्व वकिलसँग कुरा गर्ने अधिकार हुन्छ।"

एक पटक अदालतमा पुगिसके पछि अपराधको प्रकृतिलाई हेरेर भिन्न किसिमका निर्णयहरू सुनाइन सक्छ।
यसमा सामुदायिक सेवामा लाग्ने देखि जरिवाना वा हिरासतमा राख्ने सम्मको निर्णय हुन सक्छ तर त्यस मध्ये हिरासतमा राख्ने चाहिँ अन्तिम उपाय हो।
क्याथरिन म्यक्फ़ार्लेन भन्छिन् यो प्रणालीलाई यसरी बनाइएको छ जसमा बालबालिकालाई हिरासत बाहिर नै राख्ने प्राथमिकतामा हुन्छ।

अनोश्का जेरोनिमस पनि युवा न्याय प्रणालीले दोस्रो मौका दिनेमा विश्वास गर्ने बताउँछिन्।


 


Share