'पानीमा डुबेको समाचार सुन्दा नेपाली नै परे कि भनेर तर्सिन्छु।'

Members of Sydney's Nepali community mourning the drowning death of a fellow football lover

Members of Sydney's Nepali community mourning the drowning death of a fellow football lover Source: Gurkha Nepalese Community

सन् २०२० को पहिलो ३ महिना नबित्दै यस वर्ष मात्र अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या ५ पुगिसकेको छ।


अस्ट्रेलियामा पानीमा सुरक्षित रहन व्यावहारिक परिवर्तन, सिप प्रवर्धन र सम्बन्धित निकायको प्रयास निकै महत्त्व पूर्ण रहने गर्दछ।

नेप्लिज अस्ट्रेलियन एसोसिएसनका महासचिव र पानी सुरक्षा सचेतनाका लागी  क्रियाशील अभियन्ता ऋषि आचार्य र अस्ट्रेलियाका लागी नेपाली राजदूत महेश राज दाहालसँग हामीले बर्सेनि अस्ट्रेलियामा पानीमा डुबेर मृत्यु हुने नेपालीहरूको सङ्ख्या कम नहुँदा, सरकारी र व्यक्तिगत स्तरमा के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरेका छौँ।

आचार्य र दाहालसँग नेपालीहरूले पानीमा डुबेर ज्यान गुमाउने घटनाहरूको गाम्भीर्यता र व्यक्तिगत स्तरमा पनि त्यस्ता घटना न्यूनीकरणका लागी के कस्तो पहल गर्न सकिन्छ भन्ने बारे गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Share