'भाषा र संस्कृतिको ज्ञानले नेपाल सँगको सम्बन्धलाई निरन्तरता दिन्छ'

children dance class at auburn

Source: krishna pokhrel

प्रत्येक शनिवार बिहानै करिब दुई दर्जन बालबालिका नेपाली भाषा र संस्कृतिको ज्ञान हासिल गर्न नेपाली नृत्य कक्षामा भेला हुने गर्दछन् ।


नेपाली समुदायको बाक्लो बसोबास रहेको सिड्नीको पश्चिमी सर्वब अबर्न स्थित कम्यूनीटी हलमा शनिवार बिहान दुई दर्जन भन्दा बढी बालबालिका नेपाली गीतमा कम्मर हल्लाउँदै गरेका भेटिन्छन् ।

राजेन्द्र रिजाल चार वर्ष र ७ वर्षका आफ्ना दुई सन्तान लिएर प्रत्येक शनिवार नृत्य कक्षामा पुग्ने गरेका छन् ।

“नेपाल सँगको सम्बन्ध कायम गर्नका लागि पनि नेपाली भाषा र संस्कृतिको ज्ञान आवश्यक पर्ने भएकाले छोरा छोरीलाई लिएर आएको हु ।” उनले एस बि एस सँग भने ।
parents of nepali children
Source: krishna pokhrel
अर्की अभिभावक सुशीला अधिकारी आफ्नो छोरीलाई नृत्य सिकाउन लिएर आएपछि उसमा परिवर्तन आएको देखेको बताउँछिन् ।

“अहिले नेपाली गीतहरू बज्दा सुन्न खोज्छ,टेलिभिजनमा नेपाली कार्यक्रम लगाउँदा पनि उत्सुकताका साथ हेर्ने गरेको छ ।” उनले भनिन् ।

स्याहार केन्द्र र विद्यालय जान सुरु भए सँगै बालबालिकाले नेपाली भाषा र संस्कृति बिर्सँदै जाने भएकाले नेपाली भाषाको निरन्तरताका लागि भाषा र संस्कृति सम्बन्धी तालिमका लागि ल्याउने गरेको अधिकास अभिभावकहरूले बताएका छन् ।
यो पनि पढ्नुहोस

सगरमाथा अझै अग्लो

नेपाली कला संस्कृति र साहित्यिक प्रतिष्ठानको संयोजनमा विगत केही वर्ष देखि नेपाली भाषा र संस्कृतिको प्रबन्धनको लागि यसरी नृत्य कक्षा सञ्चालन हुने गरेको आयोजकले बताए ।

५ वर्ष देखि १३ वर्ष सम्मका बालबालिका उक्त नृत्य कक्षामा सामेल हुन सक्ने नृत्य प्रशिक्षक सञ्जीव बस्नेतले बताए ।
children dance class at auburn
Source: krishna pokhrel
“घरमा आई प्याड र मोबाइलमा मात्र झुन्डिने बाबलबालिकाहरुले यहाँ आएर भाषा र संस्कृति सिक्दा अभिभावकहरू पनि निकै खुसी हुनुहुन्छ” उनले भने ।

बालबालिका लिएर आउँदा कतिपय अभिभावक पनि नृत्य कक्षामा सामेल हुने गरेका छन् ।

Share