गाई र माइक्रोसफ्ट: के हो “स्पेस काउज” परियोजना?

Cow

Source: LibreShot Martin Vorel CC0

“स्पेस काउज” नामक एक परियोजना मार्फत अस्ट्रेलियाका माथिल्लो भेगमा रहेका जङ्गली जनावरहरूको रेखदेख, हेरचाह र निगरानीका लागि आदिवासी समुदायको ज्ञान, आधुनिक विज्ञान र प्रविधिहरूको भरपुर उपयोग गरिने भएको छ ।


“स्पेस काउज” यस्तो एउटा परियोजना हो जसमा नदर्न टेरीटरीमा बसोबास गर्ने आदिवासी मूलका मानिस, अस्ट्रेलियाको विज्ञान सम्बन्धी अनुसन्धान केन्द्र सीएसआइआरओ र प्रविधि सम्बन्धी संसारकै ठुलो निजी संस्थाका रूपमा रहेको माइक्रोसफ्ट कम्पनीले सहकार्य गरिरहेका छन् ।

झट्ट सुन्दा गाईलाई अन्तरिक्षमै पठाउने योजना जस्तो सुनिएता पनि त्यसो भने होइन ।

तर यो परियोजना निकै रोचक भने छ ।

यो कार्यक्रम अन्तर्गत भूउपग्रहको माध्यमबाट व्यवस्थापन नगरिएका गाई, भैँसी र अन्य जनावरहरूको सर्वेक्षण र निगरानी गरिनेछ ।
All food production comes with an environmental footprint.
All food production comes with an environmental footprint. Source: milkgenomics.org
एन्ड्रीउ होस्कीन सिएसआइआरओको प्रतिनिधित्व गदै उक्त परियोजनामा सहभागी वैज्ञानिक हुन् ।

आर्टीफिसीयल इन्टीलीजेन्स र अन्तरिक्ष प्रविधिको प्रयोगबाट एक परिदृश्यको विकास गरी कार्य सञ्चालन अगाडी बढाइने उनी बताउँछन् ।

यसको उद्देश्य चाही आदिवासी समुदायका रेन्जरहरूलाई आवश्यक मात्रामा विज्ञान र प्रविधि मैत्री बनाउनु हो जसले उनीहरूलाई जङ्गली गाईबस्तु वा भैसीहरुबाट भएको वा हुन सक्ने क्षतिका बारेमा आवश्यक निगरानी र क्षतिको विवरण पत्ता लगाउन सहयोग पुर्याउछ ।

रिपोर्ट सुन्नुहोस्:
LISTEN TO
Project "Space Cows" :Utilising Indigenous knowledge, science, and technology to monitor feral animals image

गाई र माइक्रोसफ्ट: के हो “स्पेस काउज” परियोजना?

SBS Nepali

23/09/202105:16
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न


नदर्न टेरिटरी अन्तर्गतको आर्नेम ल्याण्ड,र क्विन्सल्याण्डको नोमार्न बे र आर्चर नदी क्षेत्रको करिब २२ हजार वर्ग मिटर क्षेत्रमा कार्यक्रम सञ्चालन हुनेछ ।
यस परियोजनामा गाई बस्तुको बसाई सराइको पद्धतिका बारेमा पनि अनुसन्धान गरिने बताइएको छ ।

रिकी आर्चर,नदर्न टेरिटरी अन्तर्गतको आदिवासी संस्था अस्ट्रेलियन इन्डीजिनीयस ल्याण्ड एन्ड सी म्यानेजमेन्ट अलाईन्सका प्रमुख हुन् ।

उनको भनाइमा भू सरक्षणका लागि यो महत्त्वपूर्ण कदम हो ।
Interactive map showing projected inundation around cape byron nsw.
Interactive map showing projected inundation around cape byron nsw. Source: SBS news
व्यवस्थापन नगरिएका जङ्गली गाईबस्तु र भैसीहरुको जैविक विविधतामा ठुलो प्रभाव पार्न सक्दछन् जस्तै कि जमिनको विनाश,स्थानीय वनस्पति माथि अतिक्रमण,नदी तथा सिमसारहरूको विनाश आदी ।

व्यवस्थापन नगरिएका करिब एक हजार गाई र भैसीहरुलाई जी पी एस अर्थात् भुउपग्रहीय ट्रायाकीङ्कको मद्दत द्वारा निगरानी गरिने छ ।

आर्चरका अनुसार यो परियोजनाले विज्ञान,प्रविधि र आदिवासी संस्कृतिका बिचको महत्त्वपूर्ण पुलको भूमिका निर्वाह गर्नेछ ।

आदिवासीले नेतृत्व गरेको आर्चरको सानो संस्था गैर नाफामूलक संस्था हो ।

यसले उत्तरी अस्ट्रेलियाभर आदिवासीहरूको भावी पुस्ताहरूका लागि दिगो व्यवस्थापनका लागि मद्दत गर्दछ ।

नदर्न टेरीटरीको माथिल्लो भागमा वातावरण सुनिश्चितताका लागि तय भएको परियोजनामा पहिलो राष्ट्रका मानिसहरू अग्रपङ्गतिमा रहँदा आफू उत्साहित रहेको उनको भनाई छ ।

सी एस आई आर व र माइक्रोसफ्ट आर्टीफिसीयल इन्टेलिजेन्सका लागि चहीने आवश्यक उपकरण र प्रविधिको विकास गर्नेछ ।
Microsoft announces Windows 11
Source: AP/Mark Lennihan
यसका लागि क्लाउड र मेसिनहरूमा आधारित समाधानहरूको विकास गरिनेछ ।

लिन म्याकडोनाल्ड,माइक्रोसफ्ट अन्तर्गतको स्पेस कार्यक्रम हेर्ने विभागका प्रमुख हुन् ।

“स्पेस काउज” प्रारम्भिक चरणमा रहेको चार बर्से परियोजना हो ।

परियोजनाको अन्तिम निर्णय भने सम्बन्धित क्षेत्रका रेन्जर एवम् स्थानीय मानिसहरूलाई छाडिएको बताइएको छ ।

Share