अनुसन्धान भन्छ "आप्रवासी र शरणार्थी पृष्ठभुमिका युवा मानसिक रोगको जोखिममा "

The researchers say access to mental health services is only part of the solution, encouraging policy-makers to consider other ways to support.

The researchers say access to mental health services is only part of the solution, encouraging policy-makers to consider other ways to support. Source: Getty

सार्बजनिक एक अनुसन्धान रिर्पोटले आप्रवासी र शरणार्थी पृष्ठभुमिका धेरै युवा मानसिक स्वास्थ्यका मुद्दामा जोखिममा रहेको देखाएको छ ।



मुख्य बिषय

  • आप्रवासी र शरणार्थी पुष्टभुमीका धेरै युवा मानसिक रोगको जोखिममा
  • विशेष खालको मानसिक स्वास्थ्य सहायताको खाँचो
  • महामारीको समयमा समस्या झनै बढ्दै छ

मानसिक स्वास्थ्यका मुद्दाका जोखिमलाई कम वा यसको सामना गर्न मानसिक स्वास्थ्य सेवाहरूको पहुँचमा वृद्धि हुनु पर्नेमा पनि सरोकारवालाहरूले जोड दिएका छन् ।

सार्वजनिक भएको अनुसन्धान रिर्पोटले आप्रवासी र शरणार्थी पृष्ठभुमिबाट आएका मानिसहरूलाई  विशेष खालको मानसिक स्वास्थ्य सहायताको खाँचो रहनेमा जोड दिएको छ ।

यस क्षेत्रमा कार्य गरिरहेका विज्ञहरूले सांस्कृतिक रूपमा सान्दर्भिक, प्रभावकारी र उपयुक्त सेवाहरूका लागि वकालत गरिरहेका छन् ।

युवाहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा कार्य गरिरहेको ओरीगन नामक सस्था  र युवाहरूका बिषयमा काम  गरिरहेको बहुसांस्कृतिक केन्द्रले संयुक्त रूपमा गरेको अनुसन्धानले यस्तो पत्ता लगाएको हो ।
ओरीजेनका नीति सल्लाहकार डेभिड बेकरका अनुसार शरणार्थी र आप्रवासीहरूले भिन्नै खालको चुनौतीको सामना गर्नु पर्ने भएकाले उनीहरू अन्य अस्ट्रेलियन भन्दा मानसिक स्वास्थ्यका विषयमा बढी जोखिममा  रहने बताए ।

अर्को मुलुकमा बसाइसराइका क्रममा यस्ता समूहका मानिसहरूले नयाँ संस्कृति, जीवनशैलीमा समायोजनको कठिनाइ, भाषाको अवरोध, जातिवाद र भेदभाव जस्ता कुराहरूको अनुभव गर्ने बताइन्छ।

धेरै मानिसहरूले अस्ट्रेलिया आउनु अघि दर्दनाक घटनाहरूको सामना गरेका हुन्छन् रिर्पोटले भनेको छ।
र यी व्यक्तिगत अनुभवहरूका कारण उनीहरूको मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्दछ र उनीहरूको आफ्नै जीवन पनि जोखिममा राख्दछन् ।

बहुसांस्कृतिक युवा केन्द्रकी प्रमुख कार्यकारी कार्मेल गुएरा भन्छिन "आप्रवासी र शरणार्थीहरूले मानसिक स्वास्थ्यको पहुँचमा असमानताको सामना गर्नु परिरहेको छ । "

गुएरा भन्छिन् कि यो समस्या महामारीको समयमा झनै बढ्दै छ । र युवाहरूले बढी अस्वस्थ र एक्लोपनको महसुस गरेको गुनासो गरिरहेका छन् ।

सार्वजनिक प्रतिवेदनले पश्चिमी उपचार पद्धति व्यक्ति केन्द्रित हुने भएकाले समुदायमा आधारित दृष्टिकोणमा जोड दिनका लागि वकालत गरिरहेको छ जसले मानिसहरूलाई सुस्वास्थ्य प्राप्त गराउन सहयोग पुर्‍याउँछ ।
Idadi ya vijana ambao wana matatizo ya ugonjwa wa afya ya akili imeongezeka tangu Melbourne iliporejea katika makatazo.
The number of young patients with mental health problems has increased since Melbourne went back into lockdown. Source: Pixabay

गुएरा भन्छिन्  समुदाय सँग जोडिएको अनुभव गर्न युवाहरूको लागि महत्त्वपूर्ण छ र धेरै समुदायमा मानसिक रोगको विषयलाई हेयका दृष्टिकोणबाट हेरिने भएकाले पनि आवश्यक सहयोग लिनबाट निरुत्साहित पार्न सक्दछ ।

गोएराले अधिक समावेशी र सांस्कृतिक रूपमा उत्तरदायी दृष्टिकोणका लागि आग्रह गरिरहेकी छन् जसले आप्रवासीहरूको आध्यात्मिकता र परिवार सँगको संलग्नतालाई जोड दिन्छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने र आप्रवासी एवं शरणार्थी समुदायका बिचमा सम्बन्ध र र कुराकानीलाई जोड दिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ  ।


 


Share