प्रधानमन्त्रीद्वारा कोरोनाभाइरस प्रभावित अर्थतन्त्रलाई मन्दीबाट जोगाउन अर्वौँ डलरको राहत प्याकेज घोषणा

सङ्घीय सरकारले कोरोनाभाइरस प्रभावित अर्थतन्त्रलाई मन्दीबाट जोगाउन र अस्ट्रेलियालीहरूलाई बेरोजगार हुन नदिने उद्देश्यका साथ १७.६ अर्व डलरको एक आर्थिक सहायता प्याकेजको घोषणा गरेको छ।

Prime Minister Scott Morrison

Prime Minister Scott Morrison Source: AAP

अस्ट्रेलियाको अर्थतन्त्रलाई आर्थिक मन्दी तर्फ जानबाट रोक्न उक्त योजना अघि सारिएको प्रधानमन्त्री स्कट मरिसनले पत्रकारहरूलाई बताए।

बिहीबार बिहान क्यानबेरामा घोषणा गरिएको उक्त आर्थिक प्याकेजमा साना व्यापार तथा व्यवसायहरूको करमा कटौती, सामाजिक भुक्तानी पाउने मानिसहरूलाई एक पटकका लागी नगद भुक्तानी र एप्रेन्टिस भनिने सिकारु कामदारहरूको रोजगारी सुरक्षित राख्न उनीहरूका रोजगारतालाई पैसा दीने लगायतका योजनाहरू छन्।

करिब ६० लाखको सङ्ख्यामा रहेको सामाजिक भुक्तानी पाउनेहरूमा पेन्सन पाकेका, बिरामी स्याहारकर्ता, सैन्य सेवाबाट निवृत्त भएका, परिवारहरू, युवा तथा रोजगार खोज्दै गरेका अस्ट्रेलियालीहरूले एक पटकका लागि ७५० डलर, मार्च ३१ पछि पाउने बताइएको छ।
Summer Picnic of Albanian Elderly in Australia
Pensioners' Association in Tasmania Source: SBS Albanian


“सबैभन्दा ठुलो लाभार्थीहरू निवृत्तिभरण पाउने पेन्सनहरू हुनेछन्,” मरिसनले भने।

एक पटकको लागि मात्र दिइने उक्त नगद भुक्तानी गर्न सरकारलाई लगभग पाँच अर्व डलरको व्ययभार बोक्नुपर्ने देखिएको छ।

यसरी पैसा पाउने मानिसहरूले अस्ट्रेलियाली अर्थतन्त्रलाई टेवा पुग्ने क्रियाकलापमा उक्त नगद प्रयोग गर्ने विश्वास आफूले लिएको प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

“हामीले अस्ट्रेलियालीहरूलाई उनीहरूको पैसा कसरी र कहाँ खर्च गर्ने भन्ने होइन,” मरिसनसँगै रहेका ट्रेजरर जस फ्राइडेनवर्गले थपे।

“तर विगतको हाम्रो अनुभवबाट हामी के भन्न सक्छौँ भने उनीहरूले उक्त पैसा खर्च गर्नेछन् र त्यसले आर्थिक गतिविधिलाई प्रोत्साहित गर्नेछ।”
Australian Prime Minister Scott Morrison (right) and Australian Treasurer Josh Frydenberg speak to the media during a press conference at Parliament House in Canberra, Thursday, March 12, 2020. (AAP Image/Lukas Coch) NO ARCHIVING
Treasurer Josh Frydenberg and Prime Minister Scott Morrison announced measures to curb the economic impact of coronavirus. Source: AAP
मरिसनका अनुसार कोभिड-१९ बाट सङ्क्रमित भएका वा त्यसका कारण क्वारेन्टाइन बस्न बाध्य भएका क्याजुअल कामदारहरूले कामबाट बाहिर रहेको समयावधिमा “न्यु स्टार्ट” भनिने सामाजिक कल्याणकारी भत्ता पाउन योग्य रहने छन्।

बिहीबार घोषित आर्थिक प्याकेजका लागि ११ अर्व डलर चालू आर्थिक वर्ष भित्रै खर्च हुने सरकारले बताएको छ भने बाँकी रकम सन् २०२१ को जुलाई अगाडी हुनेछ।

उक्त घोषणाका अनुसार अस्ट्रेलियाभरका करिब सात लाख साना तथा मझौला व्यापार व्यवसायीहरूले २,००० देखि बढीमा २५,००० सम्मको नगद भुक्तान पाउनेछन् जसलाई उनीहरूले आफ्ना कर्मचारीको तलब वितरण गर्न वा थप कामदार भर्ना गर्न प्रयोग गर्नुपर्नेछ।
Small Business
Shoppers are seen at a produce market in Brisbane, Wednesday, July 17, 2013. (AAP Image/Dave Hunt) NO ARCHIVING Source: (AAP Image/Dave Hunt)
यसका साथै, ती साना तथा मझौला व्यापार-व्यवसायहरूलाई उनीहरूको आवश्यकता अनुरूपको उपकरण लगायतका लगानीका निमित्त प्रोत्साहित गरिएको छ जस अनुसार उनीहरूले ती सरसामान खरिद गर्दा तत्काल कर छुट पाइने व्यवस्था रहेको सरकारले बताएको छ।

हाललाई उक्त सुविधा पाँच करोड डलरसम्मको कारोबार गर्ने बन्दब्यापारका लागि बढीमा ३०,००० सम्मको खरिदमा पाइने बताइएको छ।

यी कार्यका लागि सरकारले करिब ६.७ अर्व डलर खर्च गर्नुपर्ने एक अनुमान छ र एप्रेन्टिस्हरूलाई आफ्नो रोजगारी बचाइराख्न उनीहरूका रोजगारदातालाई दिइने रकमका लागि सङ्घीय सरकारलाई १.३ अर्व डलरको आवश्यकता पर्नेछ।

कोरोनाभाइरस सङ्कट भन्दा अगाडी सरकारले आफ्नो बजेटमा नाफा हुने र सरकारी कोषमा त्यसबाट करिब ७ अर्व डलर जम्मा हुने बताएको थियो जुन गत डिसेम्बरसम्म आउँदा ५ अर्वमा हुने भनी संशोधित गरिएको थियो।

अहिले आएर अर्थ मन्त्री मथियस कोर्म्याँनले यो आर्थिक वर्षमा उक्त लक्ष प्राप्त नहुने पुष्टि गरेका छन्।

“यो अब स्पष्ट नै छ कि सन् २०१९/२०मा बजेट नाफामा जाँदैन,” उनले भने।
Mathias Cormann has been selected as the new head of the OECD.
Mathias Cormann has been selected as the new head of the OECD. Source: AAP

 
 
 

Share
Published 12 March 2020 3:16pm
Updated 12 March 2020 4:18pm


Share this with family and friends