अन्तर्राष्ट्रिय विद्यार्थीको तलब ठगी गर्नेले १० लाख डलरसम्मको जरिमाना तिर्नुपर्ने

Salary of same occupation varies in different states and territories.

كيف تساعد "التضحية بالراتب" على تخفيض فاتورتك الضريبية في أستراليا؟ Source: AAP

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको हितमा काम गर्ने अधिकारकर्मीहरूले कामदारलाई कम तलब दिएर ठगी गर्ने वा तलब चोरी गर्ने कम्पनी वा व्यक्तिहरुका विरुद्धमा एक अभियान सुरु गरेका छन् ।


एडिलेडको व्यापार केन्द्र मानिने चाइना टाउन स्थानीय खाना र मदिराका  लागि प्रख्यात छ ।

तर ज्याकी चानले त्यहाँ खाना खान रुचाउँदैनन् र त्यहाँ नजाने उनी मात्र एक व्यक्ति होइनन् ।

एडीलेडमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा काम गर्नका गत अप्रिलदेखि उनले एक नयाँ अभियान थालेका छन् ।

उनी भन्छन् करिब  ३ सय विद्यार्थीले आफ्नो तलब चोरी भएको अथवा ठगिएको गुनासो उनीसँग गरेका छन् ।
An empty street in China Town, Adelaide
A wide shot showing an empty street in China Town, Adelaide. Source: AAP
एडिलेडको एक बबल टी शपमा एक अन्तर्राष्ट्रिय विद्यार्थीमाथी दुर्व्यवहार भएपछि यो विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।

उक्त घटनाको केही समयपछि  पसलका  सञ्चालकले आफूले उक्त विद्यार्थीलाई न्यूनतम ज्यालादर भन्दा आधा कम तलब दिँदै आएको स्विकारके थिए ।

चेन भन्छन् एडिलेडमा थोरै तलवम काम गराउनु सामान्य हो ।

फेयर वर्क ओमबुड्सम्यानले गत फेब्रुअरीमा न्यूनतम ज्याला दरमा १ दशमलव ७५ प्रतिशतको वृद्धि गरेको थियो ।

गत जुलाईलाई आधार मान्ने हो भने अस्ट्रेलियाको हालको न्यूनतम ज्यालादर १९ दशमलव ८४ डलर रहेको छ ।

हालै सङ्घीय सरकारले कामदारको तलब चोरी गर्ने कम्पनीहरूलाई ठुलो मात्रामा जरिवाना गर्ने बताएको छ ।
Australian Council of Trade Unions says the research has 'blown apart the myth' that casuals are paid a significant premium for the loss of leave rights.
Casuals are paid a significant premium for the loss of leave rights. Source: AAP
नयाँ कानून अन्तर्गत कामदारलाई ठगी गर्नेहरूका हकमा चार वर्षको जेल सजाय वा १० लाख डलरसम्मको जरिमाना गरिने भएको छ ।

हाल उक्त ववल शपमा फेयर वर्कले अनुसन्धान गरिरहेको छ ,तर अधिकारकर्मीहरूले भने नियमकहरुलाई अनुसन्धान गर्न थप सहयोग र पुर्वाधारहरुको आबश्यता पर्ने बताएका छन् ।

मेलर्वन विश्वबिद्यालयले तलब ठगी गर्नेहरूको सूचना राष्ट्रिय रूपमै उपलब्ध हुने गरी डाटा बेस निर्माण विद्यार्थीहरुलाई सहयोग गर्ने बताई रहेको छ ।

टिमोथी कारीयोटीस विश्वविद्यालय डिजिटल गभरमेन्टका शिक्षक हुन् साथै फेयर डे वर्क प्रोजेक्ट प्रमुख पनि हुन् ।
उनी नियामक सस्थाहरुले डेटाबेसको मद्धतद्धारा तलब ठगीमा संलग्नहरू कम्पनीहरूलाई केन्द्रमा राख्नु पर्ने बताउँछन् ।

जो रङगनाथन राष्ट्रिय विद्यार्थी युनियनका प्रमुख हुन् ।

उनी विश्वबिद्यालयहरुले कामदारको कानुनमा बारेमा जानकारी मूलक कक्षा सञ्चालन गर्नु पर्ने माग राख्छन् ।

यस कुरालाई चेन पनि स्विकार्छन् ।

Share